७ बैशाख २०८१, शुक्रबार । April 19, 2024

मुख्य खबर

दुई दशकसम्म निर्वाचन हुन कसले दिएन ?: अध्यक्ष थापा



भीमदत्तनगर, १० असार । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले दुई दशकसम्म स्थानीय तहको निर्वाचन हुन नदिने पक्षलाई बुझेर मतदान गर्न आग्रह गर्नुभएको छ ।

कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वाणीमा आज चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले २० वर्षसम्म स्थानीय तहको निर्वाचन हुन प्रमुख दलले रोकेको आरोपसमेत लगाउनुभयो । “यति लामो समयसम्म चुनाव के राजाले रोकेको थियो र ?” उहाँले प्रश्न गर्दै भन्नुभयो – “तपाईंहरु यो प्रश्न गरेर मत प्रयोग गर्नुस् ।”

राष्ट्रिय प्रजातन्त्र पार्टीले समृद्ध र विकसित मुलुक बनाउन चाहेको बताउँदै थापाले आफ्नो पार्टीको राष्ट्रिय राजनीतिमा फरक पहिचान रहेको दाबी गर्नुभयो । “गाउँको विकासलाई पनि राप्रपाले उच्च प्राथमिकतामा राखेको छ ।” थापाले भन्नुभयो – “हाम्रो पार्टी नै अबको उपयुक्त विकल्प हो ।”

राप्रपाले निर्वाचन जितेको नगर तथा गाउँपालिकामा सबै धर्मप्रति समान व्यवहार गर्नुका साथै लोभलालचमा धर्म परिवर्तन गराउने कार्य निस्तेज पार्ने जानकारी दिनुभयो ।

राप्रपाले निर्वाचन जितेको नगर र गाउँपालिकाको विकासका लागि विभिन्न योजनासहित प्रतिबद्धतापत्रसमेत मतदातामा पु¥याएको उहाँको भनाइ थियो ।

“निर्वाचनमा हारजित दुवै हुन्छ ।” कार्यकर्तामाझ थापाले भन्नुभयो – “हारे पनि शिर निहुराउनुपर्ने अवस्था छैन ।

प्रकाशित : १० असार २०७४, शनिबार ००:००