८ बैशाख २०८१, शनिबार । April 20, 2024

मुख्य खबर

निर्वाचनका लागि कर्मचारी खटिए



तम्घास (गुल्मी), १० असार । स्थानीय तहको निर्वाचनका लागि जिल्लामा एक हजार ३८१ कर्मचारी परिचालन गरिएको छ ।

मुख्य निर्वाचन अधिकृत मातृकाप्रसाद मरासिनीका अनुसार परिचालन गरिएका सम्पूर्ण मतदान अधिकृतसहितका कर्मचारी आज बेलुकीसम्म जिल्लाका सवै मतदान केन्द्रमा पुगिसक्ने छन् ।

दुईसय चालिस मतदान केन्दमा परिचालन गरिएका मतदान अधिकृतसहितका कर्मचारीमा निजामती सेवातर्फका ९३१, सामुदायीक विद्यालयतर्फका ३५० र सार्वजनिक संस्थानबाट १०० कर्मचारी सम्बन्धित मतदान केन्द्रमा खटिएका छन् । दुई नगरपालिका र १० गाउँपालिका रहेको जिल्लामा एक लाख ८० हजार ७७५ मतदाता रहेका छन् ।

प्रकाशित : १० असार २०७४, शनिबार ००:००