९ बैशाख २०८१, आइतबार । April 21, 2024

मुख्य खबर

प्रहरीको निधन भएकोमा गृहमन्त्रीद्वारा समवेदना व्यक्त



काठमाडौँ, १० असार । गृहमन्त्री जनार्दन शर्माले नारायणगढ–मुग्लिन सडक खण्डमा खसेको पहिरो पन्छाउने कार्यमा संलग्न हुँदा प्रहरी सहायक निरीक्षक निश्चलकुमार तामाङ र जवान दीपकुमार मास्केको निधन भएकामा हार्दिक समवेदना प्रकट गर्नुभएको छ ।

गृहमन्त्री शर्माले आज एक शोक वक्तव्य जारी गर्दै कर्तव्य पालनाको सिलसिलामा दुई राष्ट्र सेवक गुमाउनु परेको र प्रहरी जवानद्वय लीलबहादुर चेपाङ र सन्दिप कार्की समेत बेपत्ता हुनुभएको भन्दै शोक सन्तप्त परिवार, नेपाल प्रहरीका सकल दर्जा र आफन्तमा धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने कामना गर्नुभएको छ ।

इच्छामनकामना गाउँपालिका–६ नारायणगढ–मुग्लिन सडकखण्डमा खसेको पहिरोले अवरुद्ध सडक खुलाई फर्कने क्रममा खसेको अर्को पहिरोमा परी प्रहरी कर्मचारीको निधनले आफूलाई असाध्यै दुखित तुल्याएको वक्तव्यमा उल्लेख छ ।

प्रहरी कर्मचारीले कर्तव्यपालनाको एउटा मानक कायम गर्नुभएको उल्लेख गर्दै मन्त्री शर्माले नेपाल प्रहरी नागरिकको सेवामा सर्मपित छ, भन्ने स्थापित भएको बताउनुभएको छ ।

गृहमन्त्री शर्माले मृतक प्रहरी कर्मचारीका परिवारलाई राहत तथा बालबालिकाको पठनपाठन व्यवस्था मिलाउने वचतबद्धतासमेत व्यक्त गर्नुभएको छ । गृहमन्त्रीले सोही दुर्घटनामा परी घाइते हुनुभएका ना ५ ख ७८२८ नं को ट्रकका चालक रामकुमार लामा र सहयोगी सोनु ब्लोनको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गर्नुभएको छ ।

प्रकाशित : १० असार २०७४, शनिबार ००:००