१० बैशाख २०८१, सोमबार । April 22, 2024

मुख्य खबर

निर्वाचन सामग्री पठाइयो



बनियानी (झापा), ९ असार । दोश्रो चरणअन्तर्गत असार १४ गते हुने स्थानीय तहको निर्वाचनका लागि झापाको पाँच स्थानीय तहमा निर्वाचन सामग्री पठाएको छ ।

आठ नगरपालिका र सात गाउँपालिका रहेको झापामा तीन नगरपालिका र दुई गाउँपालिकामा आज निर्वाचन सामग्री (मतपत्र, मतपेटिका, मार्कर, मसी, स्टामप्याड लगायत) पठाइएको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ ।

निर्वाचन अधिकृत गोपाल आचार्यकाअनुसार शिवसताक्षी, दमक र मेचीनगर नगरपालिका तथा कमल र गौरिगन्ज गाउँपालिकामा निर्वाचन सामग्री पठाएको छ । बाँकी स्थानीय तहमा भोलि पठाइने छ ।

झापामा ६३७ मतदान केन्द्र र २८३ मतदानस्थल रहेको छ । निर्वाचनका लागि जिल्लाभर तीन हजार ६०० कर्मचारी परिचालन गरिने निर्वाचन अधिकृत आचार्यले बताउनुभयो ।

प्रकाशित : ९ असार २०७४, शुक्रबार ००:००