१० बैशाख २०८१, सोमबार । April 22, 2024

ग्लोबल

मेक्सिको सीमामा पर्खाल बनाएरै छोड्छौँ– राष्ट्रपति ट्रम्प



मेक्सिको सिटी, ९ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोलाई संसारको हिंसाजन्य देशमध्येको दोस्रो ठूलोको संज्ञा दिनुभएको छ ।

उहाँले शुक्रबार आफ्नो ट्वीटर एकाउन्टमा भन्नुभएको छ– मेक्सिको सिरियापछिको दोस्रो ठूलो हिंसाजन्य देश हो । यहाँ बर्षेनी हजारौँ नागरिक मारिन्छन् ।

मेक्सिकोमा लागू औषधका कारण वर्षेनी त्यतिधेरै सङ्ख्यामा नागरिकको ज्यान जाने गरेको भन्दै उहाँले अमेरिकाले त्यसैले पनि मेक्सिकोको सीमानामा पर्खाल निर्माण गर्ने बताएको सो ट्वीटरमा व्यक्त गर्नुभएको छ ।

उहाँले भन्नुभएको छ– हामीले पर्खाल लाउँछौँ, कुनै पनि हालतामा हामीले सीमामा पर्खाल ठडाउँछौँ ।

हालै लन्डनबाट सम्प्रेसित एक रिपोर्टमा मेक्सिको सिरियापछिको सबैभन्दा धेरै मानिस मारिने देशका रुपमा सन् २०१६ मा आएको जनाइएको थियो ।

राष्ट्रपति ट्रम्पले त्यसैका आधारमा सो ट्वीट गर्नुभएको बताइएको छ । यस भनाईपछि मेक्सिकोको भने कुनै प्रतिक्रिया आएको छैन ।

प्रकाशित : ९ असार २०७४, शुक्रबार ००:००