१० बैशाख २०८१, सोमबार । April 22, 2024

मुख्य खबर

विकास कार्य पारदर्शी नगरेको पत्रकारको आरो



जुम्ला, ९ असार । आर्थिक वर्ष सकिनै लाग्दा गोप्य तरिकाले विकास निर्माण कार्यलाई अधि बढाएको भन्दै नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा जुम्लाले जिल्ला समन्वय समितिको कार्यालय जुम्लाको ध्यानाकर्षण गरेको छ ।

महासङ्घ जुम्लाका अध्यक्ष बरमबहादुर महत नेतृत्वको जुम्लाका सम्पूर्ण पत्रकारको टोलीले स्थानीय विकास अधिकारी हरिनारायण बेल्बासेको ध्यानाकर्षण गराएको हो । स्थानीय विकास अधिकारी बेल्बासेले टेन्डर गर्न सकिने करोडौँका योजनालाई टुक्र्याएको, मनोमानी ढङ्गबाट कोटेसन वितरण गरेको, जुम्लाका राजनीतिक दल, नागरिक समाज र पत्रकारलाई बाइपास गरेर थाहै नदिई चारजना सांसदलाई अनुगमनमा डुलाउने काम गरेको आरोप सहितको ध्यानाकर्षण पत्र बुझाएको हो ।

प्रेसजगत्लाई विकासका महत्वपूर्ण योजना तथा सवालमा गुम्राहमा पारेर अघि बढाइएका गतिविधिबाट सुसूचित हुने नागरिक अधिकार कुण्ठित गरिएकाले बाध्य भएर ध्यानाकर्षण गराउनु परेको अध्यक्ष महतले बताउनुभयो ।

स्थानीय विकास अधिकारी हरिनारायण बेल्बासेले सांसदहरुले निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमबाट विनियोजित बजेटका योजनाको अनुगमन गर्न भनेपछि त्यसको सहजीकरण गरेको बताउनुभयो ।

प्रकाशित : ९ असार २०७४, शुक्रबार ००:००