८ बैशाख २०८१, शनिबार । April 20, 2024

ग्लोबल

एनआरएनए कुवेतद्धारा अस्पतालमा उपचाररत दुई नेपालीलाई सहयोग



कुवेत, २० जुन । गैर आवासिय नेपाली संघ (एनआरएनए) कुवेतले स्थानीय आदान अस्पतालमा उपचारत दुई नेपालीलाई आर्थिक सहयोग गरेको छ । कारको ठक्करबाट घाइते बर्दाघाट नगरपालिका १२ नवलपरासीका भागिरथ चापागाईं र दुवै मृगौला फेल भई अचेत अवस्थामा उपचार गराइरहेका मंगलपुर १ चितवनकी उर्मिला विश्वकर्मालाई एनआरएनए टोली अस्पताल पुगी सहयोग गरेका हुन । उनीहरुलाई जनही १७ हजार तीन सय रुपैयाँ उपलब्ध गराइएको छ ।
आदान अस्पतालका छुट्टाछुट्टै कक्षमा उपचाररतरहेका उनीहरुका लागि दुई संस्थाले सहयोग संकलन अभियान गरेको थियो । चापागाईंको लागि लुम्बिनी समाज, कुवेत र विश्वकर्माका लागि चितवन सेवा समाजले अभियान सञ्चालन गरेका थिए । सहयोग हस्तान्तरण गर्न एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङ, महासचिव अमित राई, लुम्बिनी समाजका महासचिव रुपेन्द्रविक्रम हमाल, चितवन समाजका अध्यक्ष नविन लोप्चन तामाङ, राहतकोष संयोजक राजु कार्की राहत कोष सदस्य गणेश रावत, प्रवक्ता कोशराज राई र सदस्य रमेश राई चट्याङ अस्पताल पुगेका थिए ।

दुवै मृगौला फेल भई अचेत अवस्थामा चार महिनादेखि उपचारत विश्वकर्मा घरेलु कामदारको भीजामा एक वर्ष अगाडि कुवेत आइ एक कम्पनीमा पार्टकाम गर्दै आएकी थिइन । अस्पातलका डाक्टरले विश्वकर्मालाई स्वदेश फÞर्काऊन सुझाइ सकेको छ । नेपाल फिर्ता पठाउन आर्थिक अभावका कारण चितवन सेवा समाज कुवेतले पहल गरिरहेको छ । विश्वकर्मालाई नेपालमै लगेर वीर अस्पतालमा थप उपचार गराउँने तयारी भइरहेको चितवन समाजका अध्यक्ष नवीन लोपचनले बताए ।
महाबुल्लामा बाटो काट्ने क्रममा गाडीका ठक्करबाट घाईते नवलपारसीका भागीरथ चापागाई डेडबर्ष अघि कुवेत आएका थिए । घरेलु कामदारका भीजामा कुवेत आएको चापागाई हाल एक सेक्यूरिटी कम्पनीमा कार्यरत थिए । गाडीका ठक्करका कारण गम्भिर घाइते भएका चापागाईको अस्पतालको सघन कक्षमा दुई महीनादेखी उपचार भइरहेको छ । चापागाई बोल्न, खान तथा हिड्डुल गर्न सक्दैनन । उनलाई पनि डाक्टरले स्वदेश फर्काउन सल्लाह दिएका छन । चापागाईको स्वास्थ्यपचारको लागी लुम्बिनी समाजले आर्थिक संकलन गरिरहेको छ । अस्पतालमा दैनिक उपस्थित भएर चापागाईको हेरविचार गर्न कठिन रहेको र बल्लतल्ल ड्यूटीबाट समय निकालेर आवशकीय पेपर र आर्थिक संकलनसम्म गर्न सकिएको महासचिव हमाल बताउँछन् ।
‘भेट्न गएको मान्छे देखेपछि अस्पतालको बेडमा टोलाइ रहेको चापागाईका आँखामा आँशु रसाउछन, केही भन्न खोजे जस्तो देखिंन्छ तर आवाज आउँदैन ।’ अस्पतालमा भेटेर फर्किएका एनआरएनएका महासचिव अमितले भावुक हुदै भने
विश्वकर्मा घरेलु कामदारको भीजामा रहेर अर्कै काम गरिरहेका थिए । चापागाई अवैधानिक रूपमा काम गरिरहेको भएपनि दुर्घटनामा परेकाले उनको इनस्योरेन्सका लागी वकिÞलसँगÞ छलफल गरिने दूतावासका द्धितिय सचिव भोगेन्द्र लींङदेनले बताए । कुवेतको कानुनमा एक कम्पनीमा भीजा भइ अर्को कम्पनीमा काम गर्न अवैधानिक मानिन्छ ।

 

प्रकाशित : ८ असार २०७४, बिहिबार ००:००