२४ बैशाख २०८१, सोमबार । May 6, 2024

मुख्य खबर

दण्डहीनतालाई प्रश्रय दिइएको आरोप



गुलरिया (बर्दिया), ८ असार । नेकपा (एमाले) का उपाध्यक्ष वामदेव गौतमले राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) विदेशीको इसारामा चलेको आरोप लगाउनुभएको छ ।

एमालेले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले राजपालाई जनतामा आधारित पार्टी नभएको बताउँदै जनधार गुमाइसकेकाले निर्वाचनमा पराजित हुने डरले राजपा निर्वाचनमा नगएको जिकिर गर्नुभयो ।

वर्तमान सरकारले दण्डहीनतालाई प्रश्रय दिएको आरोप लगाउँदै उहाँले कानुनतः १६–१७ प्रकारका मुद्दा फिर्ता लिन नमिल्ने भए पनि सरकारले फौजदारी अभियोग लागेका व्यक्तिको मुद्दा धमाधम फिर्ता लिएर अपराधीको मनोबल बढाइरहेको टिप्पणी गर्नुभयो ।

प्रकाशित : ८ असार २०७४, बिहिबार ००:००