२७ बैशाख २०८१, बिहिबार । May 10, 2024

ग्लोबल

गोर्खाल्याण्डका लागि पानिमा रुझेर भाषण

कलकत्ता चाहँदैनौ, सिलिगढी महत्वपुर्ण



काकरभिट्टा । भारतमा गोर्खा ल्याण्ड राज्य प्राप्तीको आन्दोलनको क्रममा दिल्लीमा समेत आन्दोलन दैनिक भईरहेको छ ।
दिल्लीमा भईरहेको कार्यक्रममा गोर्खा ल्याण्ड समर्थक विभिन्न क्षेत्रका ब्याक्तित्वहरु भेला भएर सार्वजानिक सभाहरु गरिरहेका छन् । हप्तादिन देखि चलिरहेको सभामा गोर्खाल्याण्डका पक्षमा दैनिक जसो विभिन्न विषेश गरी युवा नेतृत्वहरुले सम्बोधन गर्ने गरेका छन् ।

https://www.youtube.com/watch?v=aR_4POlj6ZI&feature=youtu.be

यसै क्रममा जवाहरलाल नेहरु विश्वविद्यालयका विद्यार्थीले आयोजना गरेको सभामा बन्दना राईले भनिन्, हामी वंगाल राज्य वा कलकत्ता (राज्य राजधानी) चाहँदैनौं, सिलगढी महत्वपुर्ण हो । सिलगढी (गोर्खाल्याण्डको राजधानी बनाउन महत्वपुर्ण आसयको) ठाउँ रहेको विचार ब्यक्त गर्दै भनिन्, गोर्खाल्याण्डका लागि धेरैको ज्यान गयो । हामीपनि गोर्खाल्याण्ड नभएसम्म मर्न तयार छौं । यो सभाको आकर्सक पक्ष पानी झरी भएपनि सभा चलिनै रहयो । रुझेरै बक्ताहरुले सम्बोधन गरेका थिए भने विद्यार्थी तथा सर्वसाधारण गोर्खाल्याण्ड समर्थकहरुपनि रुझेरै समर्थन गरिरहेका थिए ।
सभा संगै अन्य गतिविधिहरु ¥याली, धर्ना, ब्यानर तथा प्लेकार्ड प्रदर्शन गर्ने पनि भईरहेको थियो । पश्चिम बंगाल राज्यको उत्तरी भुभाग नेपाली भाषी बसोवास क्षेत्रलाई समेटेर अलग राज्य गोर्खाल्याण्डको माग गर्दै पछिल्लो पटक आन्दोलन भईरहेको हो । आन्दोलन भईरहेको हप्तौं दिन वितिसक्दा पनि भारत सरकारले आन्दोलनरत पक्षको मागबारे सम्बोधन गरेको छैन । मुख्य नेता विमल गुरुङको नेतृत्वमा गोर्खाल्याण्ड माग गरिएको क्षेत्रमा पछिल्लो आन्दोलनका क्रममा तीन जाना गोर्खाल्याण्ड समर्थकले ज्यान गुमाईसकेका छन् । भने पाहडी क्षेत्रमा अनिस्चितकालिन हर्तालका साथै आन्दोलन समेत गरिरहेका छन् ।
विभिन्न संचार माध्यममा आधारित ।

प्रकाशित : ८ असार २०७४, बिहिबार ००:००