२५ बैशाख २०८१, मंगलबार । May 7, 2024

मुख्य खबर

निर्वाचन तयारीबारे अनुगमन



भीमदत्तनगर, ७ असार । निर्वाचन आयोगका आयुक्त सुधीरकुमार शाहले आज कञ्चनपुरको स्थानीय तह निर्वाचनको तयारीबारे अनुगमन गर्नुभएको छ ।

स्थानीय प्रशासन, जिल्ला निर्वाचन कार्यालय र यहाँका नौ वटै तहमा खटिएका निर्वाचन अधिकृतबाट आयुक्त शाहले निर्वाचन तयारीबारे जानकारी लिनुभएको छ ।

कञ्चनपुरका प्रजिअ मनोहरप्रसाद खनालले दोस्रो चरणअन्तर्गत यही असार १४ गते हुने निर्वाचनको तयारी अवस्थाबारे अनुगमन गर्न आयुक्त शाहको टोली भीमदत्तनगर आइपुगेको बताउनुभयो । “निर्वाचनसम्बन्धी केही अनविज्ञताका बारेमा पनि उहाँले स्पष्ट गर्नुभयो”–प्रजिअ खनालले भन्नुभयो, “निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक निर्देशन समेत दिनुभएको छ ।”

जिल्ला प्रशासन कार्यालयमा आयोजना गरिएको निर्वाचनसम्बन्धी उक्त कार्यक्रममा जिल्ला निर्वाचन कार्यालय कञ्चनपुर र नौ वटै तहमा खटिएका निर्वाचन अधिकृतले तयारी र वस्तुस्थितिबारे आयुक्त समक्ष जानकारी दिएका थिए ।

आयुक्तसँगै सुदूरपश्चिमका क्षेत्रीय प्रशासक शिशिरकुमार ढुङ्गाना, नेपाली सेनाको सुदूरपश्चिम पृतना दीपायलका प्रमुख उपरथी दीपकप्रसाद भारती, नेपाल प्रहरीका सुदूरपश्चिम क्षेत्रीय प्रमुख प्रहरी नायब महानिरीक्षक रोमेन्द्रसिंह देउजालगायतको सहभागिता थियो ।

प्रकाशित : ७ असार २०७४, बुधबार ००:००