८ बैशाख २०८१, शनिबार । April 20, 2024

मुख्य खबर

गाई फार्ममा आगलागी भएको घटनाको छानबिन गर्न माग



काठमाडौँ, ७ असार । वाग्मती सफाइ महाअभियानले गोकर्णेश्वर नगरपालिका वडा नं १ रुप्सेटारमा आगलागी भई मरेका राष्ट्रिय जनावर गाईका विषयमा छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न माग गरेको छ । 

सफाइ महाअभियानको आज पशुपति क्षेत्रमा बसेको बैठकले दुःखद् घटनामा परी मरेका राष्ट्रिय जनावर गाईको राष्ट्रियस्तरमा शोक मनाउन पहल गर्ने निर्णय गरेको छ । असार ३ गते शनिबार विद्युत् जोड्ने क्रममा आगलागी भएर मर्ने गाईको सङ्ख्या अहिलेसम्म ८० पुगेको छ । अनिता पौडेल, बाबुराम कार्की लगायतले सञ्चालन गरेको ओम कृषि फार्ममा १२२ गाई थिए । घाइते बनेका १६ गाईको अवस्था अझै चिन्ताजनक छ ।

महाअभियानको आजको बैठकले असार १० गते २१५ औँ हप्ताको वाग्मती सफाइ त्रिपुरेश्वर पुलमा गर्ने निर्णय गरेको अभियानकर्मी उमेश बोहराले जानकारी दिनुभयो ।

प्रकाशित : ७ असार २०७४, बुधबार ००:००