६ जेष्ठ २०८१, आइतबार । May 19, 2024

मुख्य खबर

निर्वाचन पछि धकेल्न खोजेको आरोप



इलाम, ६ असार । नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङले जिल्लाको पश्चिमी क्षेत्र लागि केन्द्रमा समेत पहल गरिने बताउनुभएको छ ।

एमाले फाकफोकथुम गाउँपालिकाले– ४ मा आयोजना गरेको चुनावी आमसभालाई आज सम्बोधन गर्दै उहाँले सो क्षेत्र विकासको दृष्टिकोणले ज्यादै पछि परेकाले आफू यसको विकास लागि प्रतिबद्ध छु भन्नुभयो ।
वर्तमान सरकारले विभिन्न बहानामा निर्वाचनको मिति सार्ने पक्षमा कोशिस गर्दागर्दै पनि एमालेको दबाबका कारण त्यो सम्भव नभएकाले बाध्य भएर निर्वाचनमै जानुपरेको जिकिर उहाँले गर्नुभयो ।

पूर्वसभामुख नेम्वाङले राजपाको बहाना बनाएर सरकारले निर्वाचन पछि धकेल्न खोजेको आरोपसमेत लगाउनुभयो ।

प्रकाशित : ६ असार २०७४, मंगलबार ००:००