२६ बैशाख २०८१, बुधबार । May 8, 2024

मुख्य खबर

स्थानीय शासनलाई जनताको हितमा केन्द्रित गर्न जोड



काठमाडौँ, २३ जेठ ।स्थानीय शासनलाई जनताको हित तथा स्थानीय विकासमा केन्द्रित गर्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन् ।
सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले पहिलो चरणको स्थानीय तहका जनप्रतिनिधिको क्षमता अभिवृद्धिका लागि विज्ञ तथा सरोकार पक्षको अनुभव र सुझाव सङ्कलन गर्ने उद्देश्यले आयोजना गरेको कार्यक्रममा सहभागीहरुले संविधानले स्थानीय तहलाई अधिकार सम्पन्न बनाए पनि कार्यान्वयनमा चुनौती रहेको बताए ।
मुख्यसचिव डा. सोमलाल सुवेदीले स्थानीय शासनलाई बलियो बनाउन उपलब्ध स्रोत तथा साधनको उपयोग र योजना निर्माणमा स्थानीय जनता लाभान्वित हुने गरी वजेट विनियोजन गर्न सुझाव दिए ।
स्थानीय विकास मन्त्रलायका सचिव दिनेशकुमार थपलियाले स्थानीय संरचना तथा पूर्वाधार विकासको महत्व रहेको औँल्याउँदै स्थानीय तहको विकास निर्माणमा जनसहभागिता तथा उनीहरुको अधिकार स्थानीय शासनले संरक्षण गर्ने विचार व्यक्त गरे । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष, प्राध्यापक, विज्ञ लगायतको सहभागिता थियो

प्रकाशित : २३ जेष्ठ २०७४, मंगलबार ००:००