१० बैशाख २०८१, सोमबार । April 22, 2024

Life Style

शेर्मा र समथिङलाई फिदिममा नागरिक अभिनन्दन




पाँचथर । पाँचथर जिल्लामा जन्मिएर फरक फरक क्षेत्रबाट जिल्लाको प्रतिष्ठा उच्च राख्ने काम गरेको भन्दै पाँचथर जिल्लामा क्रियाशिल सामाजिक संघसंस्था सहित नागरिक समाजका तर्फबाट अभिनन्दन गरिएको छ ।

पाँचथरबाट प्रथम पटक सगरमाथा आरोहि सुशिल शेर्मा र एकैपटक २२ वटा कृति विमोचन गर्ने लेखक राम प्रकास ‘समथिङ’ लाई नागरीक अभिनन्दन गरीएको हो ।

४६ बर्षको उमेरमा ४६ वटा पुस्तक प्रकाशन गरेका गुरुङ रामप्रकाश सम्थिङ र पाँचथर जिल्लामा पहिलो सगरमाथा आरोहीका रुपमा स्थापित शेर्मालाई एक साथ सम्मान गरिएको हो ।

पाँचथरको कुम्मायक गाँउपालिका २ माङ्जाबुङमा जन्मिएका सुशिलले २०६८ मा नेपालको सबैभन्दा होचो स्थल देखि कञ्चन जंघाको आधार शिविरसम्म शान्ति पदयात्रा समेत गरेका थिए । उनले २०७४ जेठ ६ गते विहान ८ बजेर ५३ मिनेटमा सगरमाथाको चुचुरो चुम्न सफल भएका थिए ।

त्यस्तै बैशाख ९ गते काठमाण्डौमा २२ जना डाक्टर उपाधि लिएका ब्यक्तिहरुबाट एक साथ २२ पुस्तक बिमोचन गरेका ‘समथिङ’ लेखनका माध्यमबाट पाँचथरलाई चिनाएका हुन् ।

दुवैजना व्यक्तित्वहरुले पाँचथरको गौरवलाई बढाएको आयोजक संस्थाका प्रतिनिधिहरुले बताएका छन् ।

अभिनन्दन कार्यक्रमको जिल्लाका दुई दर्जन संस्थाको आयोजनामा भएको हो । पाँचथर उद्योग बाँणिज्य संघ, गैर सरकारी संस्था महासंघ, सामुदायीक वन उपभोक्ता जिल्ला महासंघ, हुकोडेक नेपाल, मानव अधिकार सञ्जाल तथा शान्ति कार्य समुह, याक्थुङ प्रज्ञा प्रतिश्ठान, रेडियो बिएससी, मेची पोष्ट दैनिक, मितेरी एफएम, सुनचाँदी व्यवसायी संघ लगायतका संस्थाको आयोजनामा अभिनन्दन कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा बोल्दै अभिनन्दीत समथिङले आफुले ठुलो काम नगरेको भए पनि कामका लागि दिएको समयले अभिनन्दन लिने अवस्थासम्म पुर्याएको बताए । जिल्लाबासीका तर्फबाट भएको अभिनन्दनले आफुलाई लेखन कार्यमा अझ उर्जा मिलेको उनको भनाई छ ।

सोही अवसरमा पर्वतारोही शेर्माले जिल्लाबासीको अथक मायाप्रेमका कारण सगरमाथा आरोहण जस्तो कठिन कार्य पुरा गरेको बताए । यो तपाईहरुको मायाको कारण भएको हो । उनले भने—कम कष्ट आकलन भए सगरमाथा आरोहण सहज छैन ।

पाँचथर उद्योग बाँणिज्य संघका अध्यक्ष मित्रप्रसाद काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बिनोदकुमार खड्काले अथक परिश्रमको सम्मान भएको बताए ।
कार्यक्रममा जिल्लामा रहेका सरकारी कार्यालयका प्रमुख, नागरिक समाजका प्रतिनिधि सञ्चार कर्मी लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित : २१ जेष्ठ २०७४, आइतबार ००:००