१२ बैशाख २०८१, बुधबार । April 24, 2024

मुख्य खबर

अन्तर्कथा नामक वृतचित्र प्रदर्शनमा ल्याइयो



संघीय समाजवादी फोरम महिला विभागले नेपालका राज्य सत्ताद्वारा यहाँका आदिवासी जनजाती लगायत पछाडी पारिएका समूदायको पीडाहरुलाई समेटेर तयार गरिएको अन्तर्कथा नामक बृतचित्र प्रदार्शन सुरु गरेको छ ।
बृतचित्र निर्माता राजन राई द्वारा निर्मित उक्त बृतचित्र संघीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोककुमार राईले गत जेठ ६ गते शनिवार चावहेल स्थित नेपाल चलचित्र विकास वोर्डको हलमा विमोचन गरेका थिए ।
उक्त बृत चित्रमा खास गरी तत्कालिन राजा पृथ्वी नारायण शाहले राज्य एकीकरणसंगै षड्यन्त्रपूर्वक ढैगले नेपालको विभिन्न भूभागमा रहेका यहाँका आदिवासीहरुको भाषा लिपी संस्कार संस्कृती नामेट गरिएको र त्यस पछिका शासकहरुले पृथ्वी नारायण शाहको अभियानलाई निरन्तरता दिँदै खश संस्कृत भाषालाई मात्रै बढावा दिँदै देशलाई हिन्दुकरण गरेको बृतचित्रमा उल्लेख छ ।
संयुक्त राष्ट्रसंघले सुचिकृत गरेको भाषा संस्कार सांस्कृतिक पहिचानलाई नेपाल सरकारले वेवास्ता गर्दै आएको र त्यसलाई संरक्षण र व्यवस्थापन गर्न दवाव दिन वृतचित्र तयार गरिएको निर्माता राजन राईको भनाई छ । नेपालमा १० वर्षे शसस्त्रु युद्ध र ०६२/६३ को जनआन्दोलन पश्चात पुनस्थापित संसदले निर्माण गरेको अन्तरिम संविधान २०६३ ले दिएको अधिकारलाई नेपालको सम्विधान २०७० ले कटौती गरेकोले त्यसलाई पुनस्थापना गर्न दवाव दिन र भाशिक संस्कृतिक रुपमा अधिकार सम्पन्न बनाउने द्देश्यले बृतचित्र प्रदर्शनमा ल्याइएको अभियन्ता शुशीला श्रेष्ठको भनाई छ ।
यहाँका शासकले यहाँ वसोवास गर्ने कुनै पनि जातजातीको भाषा संस्कार संस्कृतीको विकास नभएको बुझेको भए पनि त्यसको विकासको लागि कुनै पनि ठोस कार्यक्रमहरु ल्याउनको सट्टा अझ वेवास्ता गर्दै पछि पार्दै लगेका कारण सरकारलाई दवाव स्वरुप वृतचित्र प्रदर्शनमा ल्याइएको श्रेष्ठले बताइन् । वृतचित्र प्रदर्शनी देशव्यापी रुपमा संचालन गरिने उनको भनाई छ । वृतचित्र प्रदर्शनी पनि आन्दोलन हो यो एकेडेमिक आन्दोलनलाई पनि वर्तमान ब्रम्हण शासकले वेवास्ता गर्छ भने अन्दोलनले अरु रुप फेर्दै लैजाने अवस्था रहेको अभियन्ता श्रेष्ठको भनाई छ ।
यस अघि पनि पत्रकार भीषण राई द्वारा निर्मित किरात राई पत्रकार संघको आयोजनामा सोही हलमा पूर्वप्रधानमन्त्री तथा नेकपमा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई प्रमुख अितिथीको रुपमा राखेर शासकद्वारा पेलिँदाको पीडाको आदिवासी आक्रोश बृतचित्रमार्फत पोखेका थिए ।

प्रकाशित : ८ जेष्ठ २०७४, सोमबार ००:००