१० बैशाख २०८१, सोमबार । April 23, 2024

मुख्य खबर

स्थानीय निर्वाचनका उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन



डोल्पा(दुनै), २२ बैशाख – मुख्य निर्वाचन अधिकृतको कार्यालय डोल्पाले यही ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि दरखास्त दिने उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरेको छ ।

प्रकाशित नामावली अनुसार ११ वडा रहेको ठुली भेरी नगरपालिकाको ५७ पदहरुको मेयर पदमा ३ जना, उपमेयरमा ४ जना, वडा अध्यक्षमा २९ जना, खुला वडा सदस्यमा ५५ जना, महिला वडा सदस्यमा २७ जना र ८ वटा(३ वटा वडामा दलित नभएको) वडाको दलित महिला सदस्यमा १५ जनाको उम्मेदवारी गरी जम्मा १ सय ३३ जनाले उम्मेदवारी कामय भएको छ ।
ठुलीभेरी नगरपालिका दुनै, डोल्पाको ५४ पदमा ४ मेयर, ६ उपमेयर, ३१ वडा अध्यक्ष, ६३ वडा सदस्य र ३ महिला सदस्य गरी जम्मा १ सय ४९ जनाको मनोनयन–पत्र दर्ता भएको थियो । जस मध्ये १ मेयर, २ उपमेयर, २ वडा अध्यक्ष, ८ वडा सदस्य र ३ महिला सदस्य गरी १६ जनाले उम्मेदवारी फिर्ता लिएका थिए ।
छ वडा भएको छार्का ताङ्सोङ गाउंपालिकामा अध्यक्ष २, उपाध्यक्ष २, वडा अध्यक्ष ६, वडा सदस्य १२, र महिला वडा सदस्य ६ गरी २८ जनाको उम्मेदवारी रहेको छ । यस गाउंपालिकामा दलित छैनन् । ९ वटा वडा रहेको अर्को माथिल्लो डोल्पाको शे–फोक्सुण्डो गाउंपालिकाको अध्यक्षमा १, उपाध्यक्षमा १, वडा अध्यक्षमा ९, वडा सदस्यमा १८, महिला सदस्यमा ९ र दलित महिला सदस्यमा २ जना गरी ४० जनाको उम्मेदवारी बांकी रहेको छ । यस गाउंपालिकाको ७ वटा वडामा दलितहरु छैनन् । ७ वडा रहेको काइके गाउंपालिकामा अध्यक्ष ३, उपाध्यक्ष २, वडा अध्यक्ष १२, महिला वडा सदस्यमा १३, दलित महिला सदस्यमा ४ र खुला वडा सदस्यमा १३ जना गरी जम्मा ४७ जनाको उम्मेदवारी कामय रहेको छ ।
यस प्रकार ११ वडा रहेको त्रिपुरासुन्दरी नगरपालिका डोल्पाको मेयरमा ३, उपमेयमरमा ३, वडा अध्यक्षमा ३३, महिला सदस्य ३२, दलित महिला सदस्य १६ र खुला वडा सदस्यमा ५८ जना गरी जम्मा १ सय ४५ उम्मेदवारहरु कामय रहेको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
जिल्लाका ७ वटा स्थानीय तहहरुमा स्थापित निर्वाचन अधिकृतको कार्यालयहरुमा सूचना आदानप्रदान गर्ने इमेल इन्टरनेट, फोन, फ्याक्स, मोवाइलहरु नभएको कारण सूचना अत्यन्त ढिलो प्राप्त हुने गरेको बताउदै प्रहरीको सूचनाका आधारमा मात्र यो जानकारीहरु प्रदान गरिदै आएको मुख्य निर्वाचन अधिकृत सनतचन्द्र लवटले बताए । उनले थपे केही गाउंपालिकाहरुका उम्मेदवारहरुको अन्तिम नामावली अझै आउन सकेको छैन ।

प्रकाशित : २३ बैशाख २०७४, शनिबार ००:००