२५ बैशाख २०८१, मंगलबार । May 7, 2024

मुख्य खबर

स्थानिय तहको चुनावको उमेद्धारीमा जनजाति धेरै : कांग्रेस



ललितपुर, वैशाख २२ गते । नेपाली कांग्रेसले स्थानीय तहको पहिलो चरणको निर्वाचनका लागि दिएको उम्मेदवारीमा महानगरपालिका , उपमहानगरपालिका , नगरपालिका तथा गाउँपालिका प्रमुख तथा अध्यक्षमा १०९ जना जनजाति, मधेशी तथा दलित समुदायबाट उम्मेदवारी परेको छ ।
त्यसैगरी नगर उपप्रमुख तथा गाउँपालिका उपाध्यक्षमा ९७ जनाको जनजाति , दलित तथा मधेशी समुदायबाट उम्मेदवारी परेको पाइएको छ ।
नगरपालिका प्रमुखमा दुईजना तथा गाउँपालिका अध्यक्षमा चारजना महिलाको उम्मेदवारी परेको छ । त्यस्तै नगरपालिका प्रमुखमा जनजाति समुदायबाट २४ जनाको उम्मेदवारी परेको छ भने उपप्रमुखमा एक पुरुष समेत ३० जनाको जनजाति समुदायबाट उम्मेदवारी परेको पाइएकोछ । जसमध्ये चारजना दलित तथा एकजना मधेशी समुदायबाट उम्मेदवारी परेको छ ।
त्यसैगरी गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिनेमा तीन जना महिला समेत ८५ जनाको जनजाति समुदायबाट उम्मेदवारी परेको छ । त्यसैगरी गाउँपालिका उपाध्यक्षमा उम्मेदवारी दिनेमा ६७ जना जनजाति समुदायको परेको छ । जसमध्ये २ जना पुरुष, ४ जना दलित तथा एक मधेशी समुदायबाट उम्मेदवारी परेको पाइएको छ ।
यही वैशाख ३१ गते हुने स्थानीय निकायको पहिलो चरणमा प्रदेश नं. ३, ४ र ६ का ४ महानगरपालिका, एक उपमहानगरपालिका, ९२ नगरपालिका तथा १८६ गाउँपालिका गरी २८३ स्थानीय तहमा निर्वाचन हुँदैछ ।

प्रकाशित : २२ बैशाख २०७४, शुक्रबार ००:००