२० बैशाख २०८१, बिहिबार । May 2, 2024

दलितले दिएको दही खाने वृद्ध बहिष्करणमा

काठमाडौं। राष्ट्रिय मानव अधिकार आयोगले खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा एकजना ज्येष्ठ नागरिक लामो समयदेखि बहिष्करणमा परेको जनाएको छ। आयोगका अनुसार टङ्कप्रसाद आचार्य आफन्त र छिमेकीबाट बहिष्करणमा परेका हुन्। उनी बहिष्करणमा पर्नुको कारण भने दलित समुदायका मानिसले दिएको दही खाएको भनिएको छ। आयोगका सचिव वेद भट्टराईसहित अधिकृतहरू संलग्न उच्चस्तरीय टोलीले आचार्यकै घरमा पुगेर विस्तृत जानकारी…