४ जेष्ठ २०८१, शुक्रबार । May 17, 2024

Uncategorized

देउवाले बोलायो कांग्रेस पदाधिकारी बैठक



काठमाडौं। नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ। सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका हुन्। बैठक दिउँसो ३ बजे बस्ने छ।

सभापति देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार प्रतिनिधिसभा पुनर्स्थापनापछिको अवस्थाबारे छलफल गर्न पदाधिकारी बैठक बोलाइएको बताए।

यसअघि देउवासँग नेकपाको प्रचण्ड समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले हिजो भेटवार्ता गरेका थिए।

सो क्रममा सत्ता साझेदारीलगायत विषयमा छलफल भएको स्रोतले जनाएको छ।

ताजा जनादेशका लागि भन्दै गत पुस ५ गते प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई सर्वोच्च अदालतले मङ्गलबार बदर गरेको थियो।

त्यसपछि मुलुकको राजनीतिमा नयाँ ‘कोर्स’ सुरु भएको छ। अब, सहमतिय सरकार बन्ने देखिन्छ।

सहमतिय सरकारको नेतृत्व कसले गर्ने भन्ने टुङ्गो लागिसकेको छैन।

तै पनि प्रचण्डले कुर्सीका लागि भन्दा पनि संविधान र लोकतन्त्रको रक्षाको लागि आन्दोलन गरेको जनतासामु भनेकाले उनी प्रधानमन्त्री नहुने देखिन्छ।

हिजो बूढानीलकण्ठस्थित निवासमै पुगेर देउवालाई दाहाल – नेपालले सरकारको नेतृत्व गर्न आग्रह गरेको स्रोतले जनाएको छ।

प्रकाशित : १३ फाल्गुन २०७७, बिहिबार ००:००