१७ बैशाख २०८१, सोमबार । April 29, 2024

शेरचनका केहि चर्चित कविता

घुम्नेमेचमाथि अन्धो मान्छे दिनभरिसुकेको बाँसझैँआफ्नो खोक्रोपनमाथिउँघेर,पछुताएरदिनभरिरोगी मलेवाझैँआफ्नो छाती आफ्नै चुच्चोले ठुंगेर,घाउहरु कोट्ट्याएरदिनभरिसल्लाघारीझैँ एकलासमाअव्यक्त वेदनाले सुँक्क–सुँक्क रोएरदिनभरिपाते च्याउझैँधरती र आकाशको विशालतादेखि टाढाएउटा सानो ठाउँमा आफ्नो खुट्टा गाडेर,एउटा सानो छाताले आफूलाई ढाकेरसाँझमाजब नेपाल खुम्चिएर काठमाडौंकाठमाडौं डल्लिएर नयाँ सडकर नयाँसडक– असङ्ख्य मानिसका पाउमुनि कुल्चिएर,टुक्रिएर,अखबार, चिया र पानको पसल बन्छकिसिम–किसिमका पोशाकमाओहोर–दोहोर गर्छन् थरीथरीका हल्लाहरु्फुलपारेको कुखुराझैँ कराउँदैहिंड्छन् अखबारहरुर ठाउँ–ठाउँमा अन्भकार…