कवि तथा गीतकार महेश्वर शर्माको नयाँ कविता कृति “संवेदनाको आकार” आफ्नै गृह जिल्ला रुपन्देही देवदहबाट यहि पुस ९ गते शनिवार लोकार्पण भएको छ। अनुराग साहित्य समाज नेपालले आयोजना गरेको एक भब्य समारोह बिच सो कृति लोकार्पण गरिएको हो। कार्यक्रममा वरिष्ठ कवि,गीतकार अग्नि महाकाव्य बाट मदन पुरस्कार प्राप्त गर्नुभएका डा नवराज लम्साल, वरिष्ठ गजलकार डा घनश्याम…