१४ बैशाख २०८१, शुक्रबार । April 26, 2024

Breaking

कविता नेपालीको फिचरिङमा ‘गुलीजक बाँला’ सार्वजनिक



काठमाडौं । दर्जनौ गीत संगीतमा आफनो संगीतको कला प्रस्तुत गरेर चर्चामा रहेका गायक तथा संगीतकार कृष्णभक्त महर्जनले नेपाल भाषाको गीत ल्याएका छन । पप, आधुनिक सबै खाले भाकाका गीतमा संगीत गर्दै आएका उनले नेपाल भाषा अर्थात् नेवारी गीत लाई बढी जसो ल्याउने गरेका छन ।

कृष्ण भक्त मर्हजनको शब्द तथा संगीत र भुपेन्द्र बज्राचार्य को एरेन्ज तथा मास्टरिङ गीतमा रहेको छ । प्रेम र रोमान्सलाई गीतमा फरक तरिकाबाट प्रस्तुत गरिएको छ । नेवारी भाषामा तयार पारिएको गीत भएपनी सम्पुर्ण दर्शक तथा स्रोताले मन पराउनेमा आफु निकै आशावादी रहेको गायक कृष्णभक्त मर्हजनले बताए ।

श्याम तामाङको छायाँकन तथा कृष्ण भण्डारीको सम्पादन भिडियोमा छ । गुलीजक बाँला बोलको गीतको म्युजिक भिडियोका निर्देशक सोनाम पाख्रिन हुन् भने लाहुरे सिंहको कोरियोग्राफी रहेको छ । भिडियो गायकको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । ‘गुलीजक बाँला’ गीतको भिडियोमा विजु पार्की र कविता नेपालीले फिचरिङ गरेका छन ।

प्रकाशित : २३ भाद्र २०७९, बिहिबार ००:००