१३ बैशाख २०८१, बिहिबार । April 25, 2024

Breaking

नागरिकता विधेयक राष्ट्रिय सभामा



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि फिर्ता पठाएको नागरिकता विधेयकबारे आज राष्ट्रिय सभा बैठकमा जानकारी गराइँदै छ ।

आज दिउँसो १ बजे बस्ने राष्ट्रिय सभा बैठकको सम्भावित कार्यसूची अनुसार राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भएको ‘नेपाल नागरिकता ९पहिलो संशोधन विधेयक २०७९ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशको जानकारी गराउनेछन् ।

प्रतिनिधिसभाले पारित गरेको १० दिन पछाडि राष्ट्रिय सभामा जानकारी गराउन लागिएको छ । प्रतिनिधि सभाले २ भदौमै जस्ताकाजस्तै पारित गरेको छ ।
दुवै सदनबाट पारित भई गत साउन १५ गते प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पुगेको थियो । तर, राष्ट्रपतिले पुनर्विचारका लागि विधेयकलाई प्रतिनिधि सभामै गराएकी थिइन ।

प्रकाशित : १२ भाद्र २०७९, आइतबार ००:००