१४ बैशाख २०८१, शुक्रबार । April 26, 2024

Breaking

दोस्रो नेशनल इन्टरटेनमेन्ट अवार्ड सम्पन्न



काठमाडौं । दोस्रो नेशनल इन्टरटेनमेन्ट अवार्ड विभिन्न ७० विधामा अवार्ड बितरण गर्दै सम्पन्न भएको छ । पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त अवार्डमा वरिष्ठ कलाकार, निर्देशक कृष्ण मल्ललाई दीर्घ साधना सम्मान, चर्चित गायक चेतन सापकोटालाई संगीतकर्मी रजत सम्मान, चर्चित पत्रकार ऋषि धमलालाई पत्रकारिता रजत सम्मान त्यस्तै वरिष्ठ सौन्दर्यविद् रश्मिला श्रेष्ठलाई नारीरत्न सम्मानबाट सम्मानित गरिएको आयोजक तथा अवार्डका अध्यक्ष सूर्य चन्दले बताए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रचण्डले भन्नु भयो, नेपालको विकासको मोडेल, नेपालको जस्तै हुनुपर्दछ। हुन त हामीले विगतमा कतिपयले सिंगापुर जस्तो, कतिपयले स्विजरल्याण्ड जस्तो, कतिपयले अरु कुनै विकसित जापान जस्तो इत्यादि इत्यादि भन्ने पनि गरेका छौं तर अहिले सबैतिरको स्थिति हेर्दा हामीले नेपालको विकास नेपाली मोडेलकै हुनुपर्दछ। हाम्रो इतिहास, हाम्रो भूगोल, हाम्रो संस्कृति, हाम्रो जाति बनोट अनुसारनै त्यसैको अनुकूल नेपाली मोडेलको विकास हामीले गर्न सक्नु पर्छ। र त्यो विकासको वातावरण बनाउनका निम्ति हामीले भनेका छौं – उत्पादन अभिवृद्धि गर्ने; आत्मनिर्भर अर्थतन्त्रको जग बसाउने; हामीले निर्यात प्रवर्द्धन गर्ने, आयात प्रतिस्थापन गर्ने। त्यस्ता उत्पादन कार्य भनेका छौं भने साथसाथै त्यो उत्पादन कार्यलाई अगाडी बढाएर राष्ट्रलाई समृद्ध बनाउनको निम्ति संस्कृतिको, कलाको, पत्रकारिताको या विभिन्न क्षेत्रमा कार्यरत सबै श्रष्टाहरुको निक्कै ठुलो भूमिका छ किनकि भौतिक विकासले मात्रैले पनि मानिसहरुको जीवन र समाज सुमधुर हुनसक्दैन।

रसियन कल्चर सेन्टर कमलपोखरीको सभाहलमा भएको उक्त अवार्डमा चर्चित लोकदोहोरी गायक तथा सर्जक रविन लामिछानेले वर्षको पपुलर शब्द शीरफूल शिरको गीतबाट अवार्ड चुम्न सफल भए भने गायिका अस्मिता परियारले माया पिरिम गीतबाट उत्कृष्ट लोकआधुनिक गायकको अवार्ड चुम्न सफल भइन् । त्यस्तै गायिका सीता केसी र गायक मदन केसीले बरको शीतल छायाँ बोलको गीतबाट उत्कृष्ट युगल गायनको अवार्ड चुम्न सफल भए । त्यस्तै गायक थानेश्वर गौतमले बेचेर सपना बोलको गीतबाट उत्कृष्ट आधुनिक गायकको अवार्ड चुम्न सफल भए भने गायिका रानी शाक्यले धेरै प्रश्न बोलकोे गीतबाट उत्कृष्ट गायिकाको अवार्ड चुम्न सफल भइन् ।

 

अवार्ड पाउनेहरुको सूची यसप्रकार रहेको छः

१. सर्वोत्कृष्ट चलचित्र अभिनेत्री

सुष्मा कार्की – चलचित्र एउटा यस्तो प्रेम कहानी

२. क्रिटिक्स अवार्ड सबटाइटल

डा.आयुष्नोभा ढुंगाना– डा.खाते

३. सर्वोत्कृष्ट पाश्र्व गायन

शंकरलाल श्रेष्ठ– प्रपञ्च

४. सर्वोत्कृष्ट चलचित्र निर्माता

सबिता गुरुङ– चलचित्र श्री

५.सर्वोत्कृष्ट ब्युटिसियन

गीता पौडेल

६. सर्वोत्कृष्ट मेकअप आर्टिष्ट

दुर्गा बिष्ट

७. सर्वोत्कृष्ट आइलेसेस एक्स्टेन्सन एण्ड माइक्रो ब्लाडिङ

सकुन्तला अवाले

८. सर्वोत्कृष्ट हेयरस्टाइल

शोभा महर्जन

 ९. पपुलर मेकअप आर्टिष्ट

बिन्दिरा श्रेष्ठ

१०. सर्वोत्कृष्ट ब्युटी प्रडक्ट अफ द ईयर

हर्बल हेयर आयल यचु– उज्ज्वल मानन्धर

११. सर्वोत्कृष्ट एक्पर्ट कस्म्याटोलोजीस्ट ब्यूटिसियन

मन्दिरा खड्का हायु

१२. सर्वोत्कृष्ट कमेडी एक्टर

महादेव त्रिपाठी– हरहर महादेव

१३.सर्वोत्कृष्ट कमेडी आर्टिष्ट

बेगम नेपाली– गाह्रो छ हो

१४.सर्वोत्कृष्ट कमेडी आर्टिष्ट (महिला)

अनुमति नेपाली– हर्के हल्दार

१५.सर्वोत्कृष्ट सिरियल आर्टिष्ट

जीवन बल्कोटी– जस्तो हामी उस्तै समाज

१६.सर्वोत्कृष्ट एकेडेमी अफ द ईयर

फ्लाईटेक इन्टरनेशनल – शाहरुख हुसैन

म्यूजिक अवार्ड तर्फ आधुनिक विधा

१७. सर्वोत्कृष्ट गायिका (आधुनिक)

रानी शाक्य– धेरै प्रश्न

१८. सर्वोत्कृष्ट गायक (आधुनिक)

थानेश्वर गौतम– बेचेर सपना

१९. सर्वोत्कृष्ट गजल गीतकार

श्रीभक्त पौडेल – बेचेर सपना

२०.सर्वोत्कृष्ट गीतकार आधुनिक

पारसमणी बराल– झरेको आँसु

२१.सर्वोत्कृष्ट आधुनिक गीतकार महिला

प्रभा बर्तौला – छुट्नलाई पो रैछ

२२.पपुलर महिला गीतकार आधुनिक

रत्ना गुरुङ– छुट्नु थियो

२३.सर्वोत्कृष्ट डायस्पोरा महिला गीतकार आधुनिक

कादम्बरी दाना श्रेष्ठ– छोडी गयौ

२४. सर्वोत्कृष्ट नवगीतकार आधुनिक

ताराप्रसाद शर्मा– मेरा हरेक सफलतामा

२५.सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशक आधुनिक

प्रहिल कार्की– तिम्रो हाँसो

२६.सर्वोत्कृष्ट गीतकार डायस्पोरा

राजेश शाक्य– धेरै प्रश्न

२७.पपुलर डायस्पोरा गीतकार

हरि उप्रेती – म डुब्दै गएँ

२८.सर्वोत्कृष्ट एरेन्जर आधुनिक

आमोश तामाङ – चाहन्छु–२

२९.म्युजिक भिडियो निर्देशक महिला

तेनयाङ राना सरु – छिटको गुन्यू

३०.सर्वोत्कृष्ट आधुनिक नब प्रतिभा

सिर्जन त्रिपाठी– फक्र्यौ मायालु

३१.सर्वोत्कृष्ट राष्ट्रिय भावको युगल गायन

प्रेम सेन्चुरी– डेजी बराइली– हे जननी फेरि बुद्ध जन्माइदेउ

३२.सर्वोत्कृष्ट राष्ट्रिय भावको गीत

कल्पना आङ्बुहाङ – हामी नेपाली हामी गोर्खाली

३३.सर्वोत्कृष्ट राष्ट्रिय भावको भिडियो निर्देशक

सन्त कुमार राई– हामी नेपाली हामी गोर्खाली

३४.सर्वोत्कृष्ट राष्ट्रिय भावको मोडल

रोमियन लिम्बू केसी – हामी नेपाली हामी गोर्खाली

३५.पपुलर राष्ट्रिय भावको निर्देशक

रोशनी केसी – त्यही सच्चा नेपाली

३६.सर्वोत्कृष्ट पप गायक

मानसराज– लै लै राजकुमारी

३७.सर्वोत्कृष्ट लोकदोहोरी गायक

टेक अधिकारी – ओइ सानी

३८. जुरी अवार्ड गायक लोकदोहोरी

बसन्त लम्साल– डाँफे चरी

३९.सर्वोत्कृष्ट लोकदोहोरी गायिका

सबिना मगर– सम्झना मनैमा

४०. सर्वोत्कृष्ट लोकदोहोरी शब्द

लक्ष्मण विश्वकर्मा – आँखाको कसिङ्गगर

४१. पपुलर लोकदोहोरी शब्द

रविन लामिछाने– शीरफूल शीरको

४२.सर्वोत्कृष्ट डायस्पोरा गायक

दिपक बसन्त कार्की – हिरो हिरोनी

४३.सर्वोत्कृष्ट नव गायक लोकदोहारी

यज्ञ वि.क.– मायालाई पुरस्कार

४४.इन्करेजमेन्ट अवार्ड गायक लोकदोहोरी

राजन सुवेदी – रानीबनमा फूल

४५.सर्वोत्कृष्ट नवगायिका लोकदोहोरी

सुनिता नेपाली – धोका

४६.सर्वोत्कृष्ट मोडल लोकदोहोरी

स्माइल धिताल– माया चोखो छ

४७. सर्वोत्कृष्ट नवमोडल लोकदोहोरी

ईश्वर बाबु – म रोएको सुन्छौ होला

४८.सर्वोत्कृष्ट नवमोडल लोकदोहोरी

समीक्षा भुजेल– सिरानी च्याप्दै

४९.सर्वोत्कृष्ट काठे गीत लय

राम स्याङ्तान– हितैको दौंतरी

५०.सर्वोत्कृष्ट काठे गीत गायक

सन्तोष गिरी– तिम्रो रुपैले

५१.सर्वोत्कृष्ट वाद्यवादक

धनबहादुर गुरुङ– बाँसुरी

५२.सर्वोत्कृष्ट भाषाभाषीको गीत मैथली

रुद्रसेन विश्वकर्मा– आओ बैठ भटभटियापे

५३.सर्वोत्कृष्ट भाषाभाषीको गीतकार नेवारी

दिपक नेपाली – धाय म फु

५४.सर्वोत्कृष्ट तीज गीत गायक

बालकृष्ण बाग्ले– राजै

५५.सर्वोत्कृष्ट तिज गीत निर्देशक

भुवन लामा– फुर्के डोरी

५६.सर्वोत्कृष्ट पर्व गीत निर्देशक

शिवराज भुर्तेल– वनमान्छे

५७. सर्वोत्कृष्ट प्लेयर एण्ड ट्रेनर

परशुनारायण बोहरा – तेकवान्दोे

५८.जुरी अवार्ड लोकदोहोरी गायक

अमृत भारती– मुटुको टुकुरा

५९. जुरी अवार्ड आधुनिक

लक्ष्मण श्री– मेरो हरेक सफलतामा

६०. पब्लिक च्वाइस गायक लोकदोहोरी

देव बहादुर परियार – आँखा आँखैमा

६१. सर्वोत्कृष्ट मोडल पप आधुनिक

शुभेच्छा मगर भारती– कोका कोला फिगर

६२. सर्वोत्कृष्ट मोडल लोक आधुनिक

डेल्विस दर्शनधारी– माया पिरिम

६३. सर्वोत्कृष्ट गायिका लोकआधुनिक

अस्मिता परियार– माया पिरिम

६४. सर्वोत्कृष्ट मोडल लोकआधुनिक

एलिसा शर्मा–माया पिरिम

६५. पपुलर आधुनिक गायिका

रश्मी राई– सायद मैले सोचेजस्तै

६६. सर्वोत्कृष्ट युगल गायन

सीता केसी÷मदन केसी–बरको शीतल छायाँ

६७. सर्वोत्कृष्ट नेवा म्यूजिक भिडियो मोडल

रञ्जना सितिखु– जिगु मनयाः

६८. सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल आधुनिक

सुजाता पाण्डे– मेरो पाउजू

६९. पपुलर म्यूजिक भिडियो मोडल आधुनिक

दिपेन्द्र सोनाम– चोखो माया

७०. इन्करेजमेन्ट अवार्ड भिडियो मोडल

स्वस्तिका खड्का– बाँचुन्जेली

सम्मान कार्यक्रम

१. कृष्ण मल्ल वरिष्ठ चलचित्रकर्मी, अभिनेता, निर्देशक    – नेशनल इन्टरटेनमेन्ट दीर्घ साधना सम्मान

२. वरिष्ठ गायक तथा संगीतकार चेतन सापकोटा – नेशनल इन्टरटेनमेन्ट संगीतकर्मी रजत सम्मान

३. वरिष्ठ पत्रकार ऋषि धमाला     – नेशनल इन्टरटेनमेन्ट पत्रकारिता रजत सम्मान

४. वरिष्ठ सौन्दर्यविद् रश्मिला श्रेष्ठ – नेशनल इन्टरटेनमेन्ट नारीरत्न सम्मान

५. चलचित्रकर्मी पुष्कर लामा       – नेशनल इन्टरटेनमेन्ट चलचित्रकर्मी सम्मान

६. वरिष्ठ गायक संगीतकार सुमित खड्का – नेशनल इन्टरटेनमेन्ट राष्ट्रिय गायन सम्मान

७. भिडियो निर्देशक बबिता श्रेष्ठ    – नेशनल इन्टरटेनमेन्ट कला सम्मान

८. व्यवसायी भीम प्रसाद शर्मा      – नेशनल इन्टरटेनमेन्ट व्यवसायी सम्मान

९. अभिनेत्री तथा समाजसेवी शान्ता तामाङ       – नेशनल इन्टरटेनमेन्ट नारी सम्मान

१०. निर्देशक, लेखक माधवराज खरेल       – नेशनल इन्टरटेनमेन्ट चलचित्रकर्मी सम्मान

११. गीतकार तथा साहित्यकार माधव निर्दोष      – नेशनल इन्टरटेनमेन्ट स्रष्टा सम्मान

१२. गीतकार पुरुषोत्तम सानु – नेशनल इन्टरटेनमेन्ट स्रष्टा सम्मान

१३. गीतकार तथा मोडल लक्ष्मण श्री      – नेशनल इन्टरटेनमेन्ट कला सम्मान

१४. इभेन्ट निर्देशक निशुकान्त झा – नेशनल इन्टरटेनमेन्ट इभेन्ट डाइरेक्टर सम्मान

१५. समाजसेवी सुन्दर थापा – नेशनल इन्टरटेनमेन्ट समाजसेवी सम्मान

१६. मोडल भोजराज शर्मा    – नेशनल इन्टरटेनमेन्ट कला सम्मान

१७. सौन्दर्यविद् रिना अवाले – नेशनल इन्टरटेनमेन्ट सौन्दर्यकर्मी सम्मान

१८. सौन्दर्यकर्मी प्रतिभा शाही      – नेशनल इन्टरटेनमेन्ट सौन्दर्यकर्मी सम्मान

१९. समाजसेवी ज्योति घिमिरे      – नेशनल इन्टरटेनमेन्ट राष्ट्रिय नारी सम्मान

२०. युवा व्यवसायी सञ्जय कुमार बिसी    – नेशनल इन्टरटेनमेन्ट युवा व्यवसायी सम्मान

२१. समाजसेवी मीरा भण्डारी       – नेशनल इन्टरटेनमेन्ट समाजसेवी सम्मान

२२. रमा कुमारी तिमल्सिना – नेशनल इन्टरटेनमेन्ट समाजसेवी सम्मान

२३. गायिका तथा मोडल सुनिता गुरुङ      – नेशनल इन्टरटेनमेन्ट कला सम्मान

२४. गीतकार सामना शाह    – नेशनल इन्टरटेनमेन्ट स्रष्टा सम्मान

२५. गायक संगीतकार सुभाष प्रधान – नेशनल इन्टरटेनमेन्ट कला सम्मान

२६. खेलाडी राम गोपाली     – नेशनल इन्टरटेनमेन्ट खेलाडी सम्मान

२७. नृत्यङ्गना एलिजीवा पुन       – नेशनल इन्टरटेनमेन्ट कला सम्मान

२८. निर्माता तथा कलाकार लोचन थापा मगर     – नेशनल इन्टरटेनमेन्ट कला सम्मान

२९. गायक युवराज मगर    – नेशनल इन्टरटेनमेन्ट संगीतकर्मी सम्मान

३०. वरिष्ठ फोटोग्राफर च्याङ्बा लामा – नेशनल इन्टरटेनमेन्ट फोटोग्राफी विशेष सम्मान

३१. समाजसेवी टंक राना    – नेशनल इन्टरटेनमेन्ट समाजसेवी सम्मान

३२. सौन्दर्यकर्मी विन्दिरा श्रेष्ठ      – नेशनल इन्टरटेनमेन्ट सौन्दर्यकर्मी सम्मान

प्रकाशित : २ भाद्र २०७९, बिहिबार ००:००