१७ बैशाख २०८१, सोमबार । April 29, 2024

Breaking

झिनो अङ्कले नेप्से परिसूचक वृद्धि



काठमाण्डौ । नेप्से परिसूचक झिनो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४.८९ अङ्कले उकालो लागेर दुई हजार ५०.५९ पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.९७ अङ्कले बढेर ३९२.५० मा पुगेको छ ।

कूल २१७ कम्पनीको ४१ लाख ३३ हजार ७०९ कित्ता शेयर रु एक अर्ब ७३ करोड १८ लाख ३२ हजार २७० मूल्यमा खरिद बिक्री भयो । कारोबार भएका कूल १३ उपसमूहमध्ये पाँच उपसमूहको शेयर मूल्य ओरालो लागेको छ भने आठ उपसमूहको शेयर मूल्य भने उकालो लागेको छ ।

प्रकाशित : ४ श्रावण २०७९, बुधबार ००:००