४ जेष्ठ २०८१, शुक्रबार । May 17, 2024

मुख्य खबर

नेपाल–चीन व्यापारीक नाका रसुवागढी सञ्चालनमा



काठमाडौँ । ल्होसारका कारण बन्द नेपाल–चीन व्यापारीक नाका रसुवागढी आजबाट सञ्चालनमा आएको छ । माघ २९ गतेदेखि बन्द नाका आजबाट खुलेको रसुवा भन्सार कार्यालय प्रमुख राम प्रसाद रेग्मीले बताएका छन् ।

नेपाली व्यावसायीको सामान बोकेका ७ वटा कन्टेनर केरुङबाट नेपालतर्फ आउँदै गरेको भन्सार प्रमुख रेग्मीले जानकारी दिएका छन् । नाका खुल्ने सम्बन्धी जानकारी चिनियाँ अधिकारीहरुले बिहीबार बेलुकी नेपाल पक्षलाई गराएका बताइएको छ ।

चिनियाँकै कारण दुवै नाका भएर हुने निर्यात ठप्प छ ।

नाका खुल्ला भएसि व्यापारिहरु भने खुशि छन् । अब भने बन्द नहुने आशा गरिएको व्यापारिहरु बताउछन् ।

प्रकाशित : २१ फाल्गुन २०७७, शुक्रबार ००:००