२३ बैशाख २०८१, आइतबार । May 5, 2024

Uncategorized

नेपाल भाषाको १७२ शिक्षक नियुक्त गर्ने काठमाडौं महानगरको तयारी



काठमाडौं। काठमाडौँ महानगरपालिकाले स्थानीय भाषाको रूपमा छनोट गरेको नेपालभाषा पठनपाठनका लागि शिक्षकलाई प्रशिक्षण शुरूआत गरेको छ।

यसका लागि महानगरले आफू मातहत रहेका विद्यालयमा १७२ नयाँ शिक्षक नियुक्ति गर्ने तयारी गरिसकेको छ।

अब ती सबै शिक्षकलाई प्रशिक्षण दिएर कक्षामा पठाउने महानगरको तयारी छ।

संवैधानिक व्यवस्थाअनु?प अनिवार्यरूपमा १०० नम्बरको एक विषय स्थानीय तहले अध्ययन अध्यापन गराउन सकिने व्यवस्था छ।

सोहीअनुरूप महानगरले नेपाल भाषालाई छनोट गरेको हो।

महागरका शिक्षा विभागका प्रमुख रामप्रसाद सुवेदीका अनुसार १७२ शिक्षक कामपाले आफ्नै स्रोत साधनबाट राख्न लागेको हो।

यसरी राखिने शिक्षक सेवा करारअन्तर्गत नियुक्त गर्ने र हरेक एक वर्ष समयावधि थप गर्ने व्यवस्था रहने छ।

आगामी शैक्षिक सत्रदेखि अनिवार्य?पमा लागू गर्न लागिएको सो विषय पठनपाठन गराउनका लागि हरेक सामुदायिक विद्यालयका कम्तीमा एक एक जना र विद्यार्थी सङ्ख्या र आवश्यकता हेरी तीन जना जम्मा शिक्षक राख्ने महानगरको तयारी छ।

पहिलो चरणमा वडा २२ का ३० शिक्षकलाई यस किसिमको प्रशिक्षणमा सहभागी गराएको छ।

नेपाल भाषा व्यवस्था समितिका सदस्य सचिव मोती खनालले पाठ्यपुस्तकमा काठमाडौं महानगरपालिकाको चाडपर्व, संस्कार संस्कृति, सीप कौशल, व्यवसाय, नैतिक शिक्षा, भौगोलिक प्राक् स्वरूप, स्वास्थ्य र सरसफाइ, रहनसहन, व्यक्तित्व परिचय, भाषा र लिपीजस्ता विषय समेटिएको बताए।

पाठ्यपुस्तकमा काठमाडौँका प्रमुख जाति नेवारको जनजीवन, कला, खानपान, जात्रापर्व, भाषा, लिपी, परम्परागत खेलजस्ता विषय समेटिएका छन्।

उनका अनुसार बालबालिकालाई सिक्न सजिलो होस् भन्ने उद्देश्यले कक्षा १ देखि ३ सम्म १०० पूर्णाङ्गमा १०० नै अभ्यासगत पठनपाठन हुनेछ।

त्यस्तै कक्षा ४ र ५ मा ७५ अभ्यासगत र २५ सैद्धान्तिक पठन–पाठन हुने छ।

कक्षा ६, ७ र ८ मा भने ५० अभ्यासगत र ५० सैद्धान्तिक पठन–पाठन हुने व्यवस्था गरिएको छ।

महानगरले आधारभूत कक्षा एक देखि आठ सम्मका लागि स्थानीय पाठ्यपुस्तक तयार गरेको हो।

अनिवार्य विषयका रूपमा ‘येँ देय् म्हसीके’ नामक पाठ्यपुस्तक तयार गरिएको छ।

सामुदायिक र संस्थागत दुवै विद्यालयका लागि पाठ्यपुस्तक तयार गरेको भए पनि हाल सामुदायिक विद्यालयको लागि मात्रै अनिवार्य?पमा लागू गरिने भएकाले शिक्षक पनि सोहीअनुरूप राखिने छ।

आगामी शैक्षिक सत्रदेखि महानगरमा रहेको ९१ सामुदायिक र ५४१ संस्थागत विद्यालयमा लागु गर्ने गरी पाठ्यपुस्तक तयार गरेको हो।

अब यी सबै विद्यालयमा १०० पूर्णाङ्कको स्थानीय विषयको पठन–पाठन हुनेछ।

कामपाको सामुदायिक विद्यालयमा ४२ हजार र संस्थागत विद्यालयमा दुई लाख २० हजार विद्यार्थी पठनपाठन गर्ने गरेका छन्।

कामपाको सामुदायिक विद्यालयमा एक हजार ७९१ शिक्षक कार्यरत छन्।

प्रकाशित : १७ फाल्गुन २०७७, सोमबार ००:००