१८ बैशाख २०८१, मंगलबार । May 1, 2024

Uncategorized

घरघरमै कोभिडविरुद्धको खोप क – कसले पाउँछन् ?



काठमाडौं। सरकारले असक्त र ज्येष्ठ नागरिकलाई घरघरमै कोरोना विरुद्धको निशुल्क खोप दिने तयारी गरेको छ।

५१ लाख ६४ हजार २६९ जना असक्त र ज्येष्ठ नागरिक रहेको सरकारको अनुमान छ।

उनीहरूलाई यही फागुन २३ देखि पहिलो चरणको खोप दिने भएको हो। खोप लगाउनेमा दीर्घरोगी र बैदेशिक रोजगारीबाट फर्केकाहरू पनि हुनेछन्।

दोस्रो चरणको खोप भने आगामी जेठ १७ गतदेखि असार ५ गतेसम्म दिने सरकारको तयारी छ।

खोपका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्घीय सरकारको तर्फबाट व्यवस्थापन र समन्वय गर्नेछ। सम्बन्धित स्थानीय तहले मातहतको स्वास्थ्य कार्यालय र जनशक्तिलाई परिचालन गर्ने छ।

यस्तै सरकारले ५० लाख खोप सोझै खरिद प्रक्रियाबाट ल्याउने भएको छ। यसअघि भारतले १० लाख खोप अनुदानमा उपलब्ध गराएको थियो।

प्रकाशित : १७ फाल्गुन २०७७, सोमबार ००:००