४ जेष्ठ २०८१, शुक्रबार । May 17, 2024

मुख्य खबर

नागरिकमैत्री ट्राफिक प्रहरी सेवा प्रदान गर्न कार्यक्रम शुरु



काठमाडौँ ।  महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक प्रहरीको आचरण व्यवहारमा थप सुधार गरी नागरिकमैत्री ट्राफिक प्रहरी सेवा प्रदान गर्न कार्यक्रम शुरु गरेको छ ।

महाशाखाले ट्राफिक प्रहरीले सेवाग्राहीसँग गर्ने आचरण व्यवहारलाई थप नागरिकमैत्री बनाउने उद्देश्यले प्रहरी कर्मचारीको व्यवहारमा थप सुधार लक्षित कार्यक्रमको शुरुवात गरेको हो ।

ट्राफिक प्रहरीले गर्ने दैनिक काम कारबाही एव गतिविधिका क्रममा आउने सेवाग्राही तथा सडक प्रयोगकर्ताहरूसँग नागरिकमैत्री व्यवहार सहित सहज, सरल एवं पारदर्शी सेवा प्रदान होस भन्ने अभिप्रायले यस मूल्याङ्कन पद्धति सहित पुरस्कृत गर्ने परिपाटीको शुरुवात गरेको बताइएको छ ।

नेपाल प्रहरीका कर्मचारीहरूले पालना गर्नुपर्ने आचारसंहिता सम्बन्धी कार्यादेश २०७७ र प्रहरी हवल्दार तथा प्रहरी जवान लक्षित उत्प्रेरणा अभिवृद्धि योजना २०७७ लाई प्रभावकारी कार्यान्वयन गर्न ट्राफिक प्रहरीबाट सेवाग्राही तथा सडक प्रयोगकर्ताहरूसँग सभ्य, शिष्ट र पारदर्शी रुपमा उत्कृष्ट सेवा प्रदान गर्ने उद्देश्यले नागरिकमैत्री ट्राफिक प्रहरी छनौट कार्यविधि २०७७ बनाई लागु गरिएको एसएसपी भट्टराईले जानकारी दिएका छन् ।
एक सय पूर्णाङ्कको कार्यबिधीलाई दुई चरणमा विभाजन गरिएको छ जसमा प्रहरी कर्मचारीको व्यक्तिगत आचरण, कार्यसम्पादन क्षमता, सेवाग्राहीसँगको व्यवहार, अनुशासन लगायतका विषयहरू समेटिएका छन् ।

प्रत्येक ट्राफिक प्रहरी कर्मचारीको प्रत्यक्ष मूल्याङ्कन निज कार्यरत कार्यालयको प्रमुख, हवल्दार र सुबेदार मेजरबाट हुनेछ भने समग्र मूल्याङ्कन एव सुपरिवेक्षण महाशाखाले गर्ने छनौट कार्यविधिमा व्यवस्था रहेको छ ।

प्रकाशित : १६ फाल्गुन २०७७, आइतबार ००:००