६ जेष्ठ २०८१, आइतबार । May 19, 2024

समाचार

मन्त्री नेम्बाङ्ग जिल्लावासीबाट सम्मानीत




काठमाण्डौ १२ फागुन । पाँचथर जिल्ल्लाबाट राजधानी आई बसोबास गर्नेहरुको साँझा संस्था पाँचथर समाज काठमाण्डौले भौतिक पूर्वाधार तथा यातायात मन्त्री माननीय वसन्तकुमार नेम्बाङ्गलाई सम्मान गरेको छ । समाजले आज सिंहदरबार स्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमामा सम्मान पत्र तथा खादा ओढाएर सम्मान गरेको हो ।


सम्मान ग्रहणपछि मन्त्री नेम्बाङ्गले आफुले मन्त्रालय सम्हालेपछि पाँचथर जिल्लाको समग्र विकास निर्माणमा गरेको पहल र योजनाहरुको बारेमा जानकारी गराउनु भयो। उहाँले पेशा, व्यवसाय र अध्ययनका सिलसिलामा जहाँजहाँ रहेपनि जिल्लाको विकासमा योगदान पुर्याउन आह्वान गर्नुभयो ।


मन्त्री नेम्बाङ्गले पाँचथर समाज काठमाण्डौका संस्थापक अध्यक्ष तथा समाजसेवी स्वर्गिय खगेन्द्र जवेगूका योगदानको स्मरण समेत गर्नु भएको थियो ।


पाँचथर समाजका कार्य बाहक अध्यक्ष सुरेन्द्र तिम्सिनाले पाँचथरवासीको विश्वास प्राप्त गरि जिल्लाको प्रतिनिधित्व गर्दै मुलुकको समृद्धिको अभियानमा भौतिक पूर्वाधार तथा यातायात जस्तो प्रत्यक्ष विकासको अनुभूति हुने मन्त्रालयको जिम्मेवारी निर्वाह गरि मन्त्री नेम्बाङ्गले सफल व्यक्तित्वको पहिचान बनाई जिल्लावासीको शिर उच्चो बनाएको बताउनु भयो ।

प्रकाशित : १२ फाल्गुन २०७७, बुधबार ००:००