१ जेष्ठ २०८१, मंगलबार । May 14, 2024

Breaking

सरकारले भारतबाट किनेको कोरोनाविरुद्धको खोप आज आइपुग्दै



काठमाडौँ ९ फागुन । नेपाल सरकारले भारतबाट किनेको कोरोनाविरुद्धको खोप आज काठमाडौं आइपुग्दै छ ।

कोभिशिल्ड खोपको पहिलो खेप आज दिउँसो काठमाडौं ल्याउन लागिएको जनाइएको छ ।

सरकारले भारतबाट २० लाख डोज खोप किनेको छ । त्यसमध्ये पहिलो पटक १० लाख डोज खोप एयर इन्डियाको विमानमार्फत् ल्याउन लागिएको हो । एयर इन्डियाको विमान दिउँसो साढे १ बजे नयाँदिल्लीबाट काठमाडौं प्रस्थान तयारि गरेको बुझिएको छ ।

भारतले अनुदानमा दिएको खोप भने फ्रन्ट लाइनमा खटिने स्वास्थ्य कर्मि , सुरक्षा कर्मि , पत्रकार , जनप्रतिनिधिहरुले लगाइरहेका छन् ।

प्रकाशित : ९ फाल्गुन २०७७, आइतबार ००:००