१ जेष्ठ २०८१, मंगलबार । May 15, 2024

Uncategorized

नायिका केकी अधिकारी अभिनित रानी शाक्यको ‘सुनसान मन’ रिलिज ( भिडियो ) 



 काठमाडौँ ९ फागुन । गायिका रानी शाक्य फेरी एउटा नितान्त नयाँ भावनाको अति मर्मस्पर्शी गीत ‘सुनसान मन’ लिएर प्रस्तुत भएकी छिन  । निडर, दृढ, र समर्पितहरूको समेत मन डगमगाएको अहिलेको कालखण्डको नियतिलाई चित्रित गरिएको म्युजिक भिडियोमा चर्चित
नायिका केकी अधिकारीको भावपूर्ण अभिनय रहेको छ ।  भिडियोलाई गायिका रानी शाक्यको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो  ।

पछिल्लो समय सबैले महसुस गरेको अनुभुतिलाई राजेश शाक्यले कोर्नु भएको अर्थपूर्ण शव्दहरू र ओम कर्माचार्यको संगीतलाई अहिलेका चर्चित गायिका रानी शाक्यले आफ्नो स्वरले जीवन्त बनाएकी छिन् । ।चलचित्र निर्देशन गरी सकेका निर्देशक मदन घिमिरेले यो म्युजिक भिडियोको निर्देशन गरेका हुन् । ।
प्रोफेशनल ब्यस्तताले साहित्यिक माहौलबाट टाढिय पछि झण्डै दुई दशकको अन्तरालमा राजेश शाक्य आफ्नो शब्दरचना सहित ‘सुनसान मन’ लिएर फेरी साहित्यक सिर्जनामा फर्किएका छन ।
काठमाण्डौ, धुलिखेल, दोलालघाट र जेरोकिलोमा शुटिङ्ग गरिएको यस भिडियोको छायाँकन रामेश्र्वर हुमागाई, सम्पादन प्रेम शर्मा पौडेल, कलर करेक्शन मनोरञ्जन श्रेष्ठ, मेकप अशोक रोक्का ,ड्रोन बासु बराल र सहायक हरिष खनालले गरेका छन् ।

प्रकाशित : ९ फाल्गुन २०७७, आइतबार ००:००