५ जेष्ठ २०८१, शनिबार । May 18, 2024

मनोरञ्जन

चलचित्र ‘कृष्ण लीला’मा समावेश रोमान्टिक गीत सार्वजनिक


२ फाल्गुन २०७७, आइतबार ००:००

0
Shares

काठमाडौँ २ फागुन । चैत्रको २७ गतेबाट रिलिज हुन लागेको नेपाली चलचित्र ‘कृष्ण लीला’मा समावेश एक रोमान्टिक गीत सार्वजनिक भएको छ ।

‘कुनै दिन यस्तो पनि’ बोलको रोमान्टिक गीतमा चलचित्रका मुख्य नायक पुष्प खड्का र नायिका श्रद्धा श्रेत्रीलाई फिचरिङ गरिएको छ । यो गीतको भिडियोमा पुष्प र श्रद्धा रोमान्टिक अवतारमा देखिएको छन् ।

गीतमा सुगम पोखरेल र अञ्जु पन्तको स्वर, अर्जुन पोखरेलको शब्द तथा संगीत छ । यो गीतको भिडियोलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन् । रामजीले यो गीतको भिडियोमा केही नयाँ प्रयोगहरु समेत गरेका छन् ।

प्रकाशित : २ फाल्गुन २०७७, आइतबार ००:००