५ जेष्ठ २०८१, शनिबार । May 18, 2024

Uncategorized

आज सोनाम ल्होसार तामाङ समुदायले विषेश कार्यक्रम गरि मनाउदैँ


३० माघ २०७७, शुक्रबार ००:००

0
Shares

काठमाडौँ ३० माघ । आज सोनाम अर्थात ग्याल्बो ल्होसार पर्व तामाङ समुदायले विषेश कार्यक्रम गरि मनाउदैँ छन् । सोनाम ल्होसारलाई तामाङ समुदायले नयाँ वर्षको रुपमा मनाउने गर्छन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन मेघ, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ । आजैबाट सुँगुर वर्ष पूरा भई मुसा वर्ष सुरु हुँदैछ ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीका नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाताको भनाइ छ ।

अघिल्लो वर्ष बिदा कटौती गरेको सरकारले यसपालि भने सोनाम ल्होसारको अवसरमा आज तामाङ समुदायका लागि देशैभर बिदा दिएको छ ।

ल्होसारको अवसरमा देशैभर विभिन्न कार्यक्रम हुने बताइएको छ ।

प्रकाशित : ३० माघ २०७७, शुक्रबार ००:००