३ जेष्ठ २०८१, बिहिबार । May 16, 2024

Uncategorized

नक्कली परीक्षार्थी पक्राउ


३० माघ २०७७, शुक्रबार ००:००

0
Shares

काठमाडौँ ३० माघ ।  कैलाली धनगढी उपमहानगरपालिका-२ स्थित जेशिस एभरेष्ट सेकेण्डरी बोर्डिङ स्कुलमा सञ्चालित एचए केमेष्ट्री पहिलो वर्षको परीक्षामा बिहिबार परीक्षार्थी बनि परिक्षा दिने ३ जना र दिन लगाउने २ जना गरी ५ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमध्ये कञ्चनपुर बेलौरी नगरपालिका-३ बस्ने २३ वर्षीय बिकाश जैसी, अछाम बूढाकोट बस्ने २० वर्षीय अनुज कुंवर र कैलाली गौरीगंगा नगरपालिका-९ बस्ने २० वर्षीया बन्दना पुनले अर्काको नाममा परीक्षा दिएका थिए भने कञ्चनपुर पुर्नवास नगरपालिका-८ बस्ने २२ वर्षीया सिमा तिमिल्सेना र धनगढी उपमहानगरपालिका-५ बस्ने १८ वर्षीय किशोरले अर्कालाई परीक्षा दिन लगाएका थिए ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरी यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित : ३० माघ २०७७, शुक्रबार ००:००