३ जेष्ठ २०८१, बिहिबार । May 17, 2024

Uncategorized

शिक्षकहरुलाई कोभिड १९ विरुद्धको खोप लगाउने व्यवस्था मिलाउन आग्रह (विज्ञप्ती सहित)


२७ माघ २०७७, मंगलबार ००:००

0
Shares

काठमाडौँ २७ माघ ।    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विश्वविद्यालय तथा विद्यालयमा कार्यरत शिक्षकहरुलाई कोरोना भाइरस कोभिड १९ विरुद्धको खोप लगाउने व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग आग्रह गरेको छ ।

मन्त्रालयले मंगलबार सचिवस्तरीय निर्णय गरी खोप लगाउने व्यवस्था गर्न सवथ्य तथा जनसंख्या मन्त्रालयलाई अनुरोधपत्र पठाएको छ । यसअघि शिक्षक महासंघ, नेपाल अभिभावक संघ, प्याब्सन, एन प्याब्सन लगायत सरोकारवाला निकायले लाखौं विद्यार्थीसँग जोडिने र फ्रन्टलाइनमा खटिने शिक्षकलाई कोभिड खोप लगाउनुपर्ने बताउँदै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठलाई ध्यानाकर्षण गराएका थिए ।

प्रकाशित : २७ माघ २०७७, मंगलबार ००:००