३१ बैशाख २०८१, सोमबार । May 13, 2024

Breaking

बख्तरबन्द अभ्यासको विषयमा कसैलाई भ्रममा नपर्न सेनाको आग्रह


२० माघ २०७७, मंगलबार ००:००

0
Shares

काठमाडौँ २० माघ । काठमाण्डौ उपत्यकाको चक्रपथसहित विभिन्न ठाउँका सडकमा सेनाको बख्तरबन्द गाडी निस्किएको थियो ।

बख्तरबन्द गाडीसहित सेनाको प्रदर्शनलाई आशंकाका रुपमा हेरिए पनि नेपाली सेनाले यो नियमित अभ्यास नै भएको बताएको छ । सेनाका प्रवक्ता तथा सहायकरथी सन्तोषबल्लभ पौडेलले नियमित अभ्यासको योजनाअनुसार नै अभ्यास गरेको बताएका छन् ।

उनले भने – ‘हामीले ट्राफिक जाम नहोस् भनेर रातको समयमा बख्तरबन्द गाडीसहित अभ्यास गरेका हौँ । भ्रम नपरोस् भन्ने हिसाबले हामीले यसअघि नै यसबारे जानकारी गराएका थियौँ ।’

सेनाले भोलि बुधवार पनि देशका विभिन्न ठाउँमा बख्तरबन्द गाडीहरुको अभ्यास गर्ने जनाएको छ ।

प्रकाशित : २० माघ २०७७, मंगलबार ००:००