५ जेष्ठ २०८१, शनिबार । May 18, 2024

Breaking

चौबीस घण्टामा कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छैन


१६ माघ २०७७, शुक्रबार ००:००

0
Shares

काठमाडौँ १६ माघ । पछिल्लो २४ घण्टामा तीन हजार ७९१ जनाको पिसिआर परीक्षण गर्दा थप २१३ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २१३ सहित हालसम्म सङ्क्रमित हुनेको कूल सङ्ख्या दुई लाख ७० हजार ५८८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा निको भएका २९६ जनासहित कोरोनाबाट निको हुनेको कूल सङ्ख्या दुई लाख ६५ हजार ३६५ पुगेको छ । नेपालमा पछिल्लो चौबीस घण्टामा कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छैन । हालसम्म नेपालमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या दुई हजार २० पुगेको छ । मन्त्रालयका अनुसार हाल ११३ क्वारेन्टिनमा र २०३ जना आइसोलेशनमा छन् ।

प्रकाशित : १६ माघ २०७७, शुक्रबार ००:००