१७ जेष्ठ २०८१, बिहिबार । May 31, 2024

Uncategorized


१४ माघ २०७७, बुधबार ००:००

0
Shares

नेपाली लोक दोहोरी गीत संगीतको बजारमा वियोगान्त बास्तविक भोगाईमा आधारित गीत संगीतहरु कम मात्रामा आइरहेको अवस्थामा गायक अर्जुन पन्त र गायिका सम्झना भण्डारीको आवाजमा रहेको ”परदेशीको अधेरो संसार ” गीतको भिडियो
 बजारमा सार्वजनिक भएको छ  ।
परिवारको सुखको लागी परदेशमा धन कमाउने सपना बोकेर विदेशी भुमीमा पसिना बगाउने श्रीमान र स्वदेशमा आफना बालबच्चाको स्यार सुसारमा तलिन नेपाली नारीको भोगाईलाई गीतमा समेटिएको छ  । अर्जुन पन्तको शब्द तथा उमा खड्का र अर्जुन पन्तको लय सिर्जना गीतमा रहेको छ  । शुशिल डाँगीको छायाँकन , निशान एस केको सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ  । ”परदेशीको अधेरो संसार ” गीतको भिडियोमा अर्जुन , अनिसा , कविता , श्रेया र दिपकको अभिनय रहेको छ  ।
<strong>”परदेशीको अधेरो संसार ”</strong> गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

प्रकाशित : १४ माघ २०७७, बुधबार ००:००