१६ जेष्ठ २०८०, मंगलबार । May 30, 2023

समाचार

स्थानीयवासी झँैझगडा मिलाउन महिलालाई मेलमिलाप तालिम



डडेल्धुरा, ३० चैत । स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा अमरगढी नगरपालिकाभित्रका महिलालाई समाजिक मेलमिलापसम्बन्धी तालिम दिइएको छ ।
अमरगढी नगरपालिका भित्रका २५ अगुवा महिलालाई चुनावको समयमा र अन्य समयसमेत हुने झँैझगडा गाउँमै मिलाउनका लागि सहजकर्ताको भूमिका निर्वाह गर्न तालिम आयोजना गरिएको आयोजक संस्था समुदायिक मेलमिलाप केन्द्र डडेल्धुराका अध्यक्ष भरत नेपालीले जानकारी दिए।
स्थानीयस्तरमा हुने झगडा, बहुविवाह, घरेलु हिंसा, अङशंबन्डासम्बन्धी घटनालगायतका कुरा मिलाउन सहजीकरण गर्नका लागि सहभागी महिलालाई सो तालिम दिइएको हो ।
अधिवक्ता हरि भट्ट अधिवक्ता रोहित देउवा, अमगढी नगरपालिका सूचना अधिकृत लालबहादुर साउदलगायतले सहभागीहरुलाई तालिमका विविध विषयमा जानकारी दिए।

प्रकाशित : ३० चैत्र २०७३, बुधबार ००:००