५ जेष्ठ २०८१, शनिबार । May 18, 2024

मुख्य खबर

बक्यौता रकम नपाएपछि सर्लाहीका उखु किसानले गरे फेरि आन्दोलन घोषणा


८ माघ २०७७, बिहिबार ००:००

0
Shares

काठमाण्डौ । सरकारसँग भएको सम्झौताअनुसार बक्यौता रकम नपाएपछि सर्लाहीका उखु किसानले फेरि आन्दोलन घोषणा गरेका छन् ।
उखु किसानले शुक्रबारदेखि फागुन सात गतेसम्म जागरण अभियान, फागुन आठ गतेदेखि १४ गतेसम्म हातमा कालोपट्टी बाँधेर काम गर्ने र फागुन १४ गतेदेखि २१ गतेसम्म एक छाकमात्र खाएर खेतमा काम गर्ने कार्यक्रम सार्वजनिक गरेका हुन् । त्यसपछि अर्को चरणको आन्दोलन गर्ने सङ्घर्ष समितिले जानकारि दिएको छ ।

चिनी उद्योगबाट उखुको बक्यौता नपाएपछि काठमाण्डौ आएर आन्दोलन गरेका किसानहरू सरकारले २१ दिनभित्र सबै बक्यौता उपलब्ध गराउने सम्झौता गरेपछि फर्किएका थिए । तर २१ दिने समयसीमाभित्र सबै बक्यौता भुक्तानी नभएपछि फेरि आन्दोलन गर्नुपरेको उखु किसान सङ्घर्ष समिति सर्लाहीका अध्यक्ष रामस्वार्थ रायले जानकारी दिएका छन् ।

प्रकाशित : ८ माघ २०७७, बिहिबार ००:००