३ जेष्ठ २०८१, बिहिबार । May 17, 2024

Uncategorized

जबरजस्ती करणी मुद्दामा फरार ८४ वर्षीय प्रतिवादी चार वर्षपछि पक्राउ


८ माघ २०७७, बिहिबार ००:००

0
Shares

काठमाण्डौ ।  जबरजस्ती करणी मुद्दामा फरार ८४ वर्षीय प्रतिवादी चार वर्षपछि पक्राउ परेका छन् । जिल्ला अदालत सल्यानबाट ८ वर्षको कैद सजाय पाएका फरार अभियुक्त कपुरकोट गाउँपालिका –५ धनबाङ गाडापानीका ८४ वर्षीय जितलाल बोहरा रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।प्रहरीका अनुसार एक स्थानीय १३ वर्षीया बालिकालाई बोहराले बलात्कार गरेको कसुरमा जिल्ला अदालत सल्यानले वि.सं २०७३ माघ ७ गते बलात्कार गरेको कसुर ठहर गर्दै ८ वर्षको जेल सजायको फैसला सुनाएको थियो ।जिल्ला अदालत सल्यानको २०७३ साल फागुन १५ को आदेश अनुसार बोहरा १ लाख ८ हजार धरौटीमा छुटेका थिए ।

अन्तिम अदालतको फैसलामा पछि बोहरा फरार रहेका थिए ।उनलाई कपुरकोट गाउँपालिका वडा नम्बर ७ बाट पक्राउ गरेको प्रहरी प्रमुख गोविन्द थापाले बताएका छन् । । उनका अनुसार जिल्ला प्रहरी कार्यालयले फरार अभियुक्तहरूको खोजतलास गर्दा फरार सूचिमा रहेका देखिदा पक्राउ गरिएको हो, उनको भनाई छ ।।बोहरालाई बिहीबार पक्राउ गरी जिल्ला अदालतमा सल्यानमा बुझाई कारागार चलान गरिएको प्रहरी प्रमुख थापाले बताएका हुन् ।।

प्रकाशित : ८ माघ २०७७, बिहिबार ००:००