२ जेष्ठ २०८१, बुधबार । May 16, 2024

Uncategorized

प्रधानमन्त्री : सांसद किनबेच हुने स्थिति आएकाले प्रतिनिधि सभा विघटन भयो


८ माघ २०७७, बिहिबार ००:००

0
Shares

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद किनबेचको खेल फेरि सुरु हुन थालेको जनाउँदै त्यसैले आफू प्रतिनिधि सभा विघटन गरी ताजा जनादेशमा जान लागेको बताएका छन् ।

प्रेस सङ्गठन नेपालको दोस्रो राष्ट्रिय भेलाको बिहीवार उद्घाटन गर्दै नेपाल कम्युनिस्ट पार्टी नेकपाको ओली समूहका अध्यक्ष ओलीले अवरोध चिरेर विकास र समृद्धिका यात्रामा अघि बढ्न सरकार र पार्टी दृढताका साथ लागेको बताएका हुन् ।
‘देशमाथि सांस्कृतिक र अनेक हमला भइरहेको छ । यसमा हामी सबै सजग हुनुपर्छ । देश बनाउने हो भने हामीले सहमति कायम राख्न आवश्यक छ’, प्रधानमन्त्री ओलीले भने । कलो झण्डा बोकेर हिँड्नेवाला होइनौँ ।
‘समृद्ध नेपाल निर्माणका लागि पूर्ण प्रेस स्वतन्त्रतासहितको सबल श्रमजीवी पत्रकार स् स्थिरता, विकास र राष्ट्रिय स्वाधीनताको रक्षा प्रेस सङ्गठन नेपालको आधार’ भन्ने नाराका आयोजित यस भेलामा उपप्रधानमन्त्री ईश्वर पोखरेललगायत नेता, मन्त्री र पत्रकारिता क्षेत्रका अग्रजको सहभागिता रहेको छ ।

प्रकाशित : ८ माघ २०७७, बिहिबार ००:००