५ जेष्ठ २०८१, शनिबार । May 18, 2024

मुख्य खबर

रुकुम पश्चिमको आठबीसकोटमा अनिश्चितकालका लागि निषेधाज्ञा जारि


७ माघ २०७७, बुधबार ००:००

0
Shares

काठमाडौँ । आठबीसकोट नगरपालिकाको मुख्य बजार क्षेत्र राडीमा अनिश्चितकालीन निषेधाज्ञा आदेश जारी गरिएको छ । मङ्गलबार साँझ ५ बजेदेखि अर्को सूचना जारी नभएसम्म जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले निषेधाज्ञा प्रशासनले जनाएको छ ।
आठबीसकोटमा नेकपा दाहाल–नेपाल समुह र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएपछि अवस्था दिनभर तनावग्रस्त भएको थियो । प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले चार किल्ला तोकेर निषेधाज्ञा आदेश जारी गरेको बताएका छन् । पूर्वमा घारीखोला, पश्चिममा ठूली भेरी, दक्षिणमा सिमबजार र उत्तरमा दाँजेबाट कोही पनि राडीबजार भित्रन नपाउने गरी निषेधाज्ञा लगाइएको बताइएको हो ।आठबीसकोट नगरपालिकाको ९ नम्बर वडा राडीबजारमा केही समूहबाट अनावश्यक भेला भइ अवाञ्छित गतिविधि गरि शान्ति भङ्ग हुने गरी हुलदङ्गा वा अशान्ति सिर्जना गर्न खोजिरहेकाले निषेधाज्ञा गरिएको प्रशासन कार्यालयले जनाएको छ ।

प्रकाशित : ७ माघ २०७७, बुधबार ००:००