१ असार २०८१, शुक्रबार । June 15, 2024

मुख्य खबर

आकर्षक उपभोक्ता सहकारी संस्थामा चोरी


६ माघ २०७७, मंगलबार ००:००

0
Shares

काठमाडौँ । ललितपुर महानगरपालिका – १५ खुमलटारस्थित आकर्षक उपभोक्ता सहकारी संस्थामा चोरी भएको प्रहरीले बताएको छ । सहकारीको ताला फुटाएर विभिन्न धनमालसहित करिब २ लाख रुपैयाँ चोरी भएको हो ।

प्रहरीका अनुसार सो संस्थाबाट नगद १ लाख ९८ हजार रूपैयाँ, एनआईसी बैकको खाली चेक, सञ्चय कोषसम्बन्धी कागजातहरूलगायत विभिन्न सामानहरू गएराति चोरी भएको बताइएको छ ।चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी भइरहेको प्रहरीको भनाई छ । पहिचान हुनासाथ अनुसन्धान थाल्ने प्रहरी अधिकारिले बताएका छन्

प्रकाशित : ६ माघ २०७७, मंगलबार ००:००