१२ श्रावण २०८१, शनिबार । July 27, 2024

Breaking

प्रतिनिधि सभा विघटन : आजपनि सुनुवाई जारी


५ माघ २०७७, सोमबार ००:००

0
Shares

काठमाडौँ । प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिट निवेदनमाथि आज सोमवार पनि सुनुवाइ जारी रहने भएको छ। संवैधानिक इजलासमा बहस नसकिएकाले हेर्दाहेर्दैमा राखिएको रिट निवेदनमाथि आज नियमित सुनुवाइ हुन लागेको हो।

हिजो भएको बहसमा रिट निवेदक सन्तोष भण्डारीका तर्फबाट अधिवक्ता सुनिलकुमार पोखरेलले विघटन मुद्दा राजनीतिक विषय मात्र भनी अदालत पन्छिन नमिल्ने बताएका थिए भने ।

निवेदककै तर्फबाट अधिवक्ता भण्डारी स्वयंले प्रतिनिधिसभाको कार्यकाल पाँच वर्षका लागि भएकाले प्रधानमन्त्रीलाई विघटन गर्ने अधिकार नभएको तर्क गरेका थिए ।

यस्तै अधिवक्ता डा भीमार्जुन आचार्यले वर्तमान संविधानमा प्रतिनिधिसभा विघटन गर्ने अधिकारबारे कहीँकतै उल्लेख नगरिएको दाबी गरेका थिए।

प्रकाशित : ५ माघ २०७७, सोमबार ००:००