१२ श्रावण २०८१, शनिबार । July 27, 2024

Breaking

थप २ सय ४० जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु


३ माघ २०७७, शनिबार ००:००

0
Shares

काठमाडौं । पछिल्लो विवरण अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ४० जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । योसँगै नेपालमा कूल संक्रमितको संख्या २ लाख ६७ हजार ५६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार पछिल्लो २४ घण्टामा थप ३ हजार ८ सय ४४ जनाको पीसीआर परीक्षण गरिएको थियो । हालसम्म नेपालमा २० लाख ८ हजार ९ सय ४४ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

यस्तै शनिवार थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोना संक्रमण भई मृत्यु हुनेको संख्या १ हजार ९ सय ५४ पुगेको छ ।

मन्त्रालयको अपडेट अनुसार पछिल्लो २४ घण्टामा ४ सय ७७ जना उपचारपछि डिस्चार्ज भएर घर फर्किएका छन् भने हालसम्म २ लाख ६१ हजार ४४ जना डिस्चार्ज भएर घर फर्किएका छन् ।

प्रकाशित : ३ माघ २०७७, शनिबार ००:००