८ श्रावण २०८१, मंगलबार । July 24, 2024

समाचार

सरकारले ‘नागरिक एप’ सार्वजनिक गर्यो, अब घरमै बसेर सरकारी सेवा लिन सकिने


२ माघ २०७७, शुक्रबार ००:००

0
Shares

काठमाडौं । सरकारले सरकारी सेवा घरमै बसेर लिन सकिने खालको ‘नागरिक एप’ सार्वजनिक गरेको छ ।

शुक्रबार सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले उक्त एप उद्घाटन गरेको जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिक एप तीन वर्ष अगाडिदेखी बनाउन सुरु गरिएको बताए ।

उनले एपको सुभारम्भ गर्दै सबै सरकारी सेवा घरमै बसेर लिन सकिने जानकारी दिए ।

उनले एप प्रयोग गर्न पनि आग्रह गरेका छन् । उक्त एप प्ले स्टोरबाट ‘नागरिक एप’ डाउनलाड गर्न सकिने मन्त्री गुरुङले जानकारी दिए ।

प्रकाशित : २ माघ २०७७, शुक्रबार ००:००