१२ श्रावण २०८१, शनिबार । July 27, 2024

समाचार

कोरोना : देशभर थपिए २७० जना कोरोना संक्रमित, थप ५ जनाको मृत्यु


२ माघ २०७७, शुक्रबार ००:००

0
Shares

काठमाडौं । पछिल्लो २४ घण्टाको विवरण अनुसार नेपालमा २७० जनामा कोरोना संक्रमित थपिएका छन् ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६६ हजार ८१६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण ५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार ९४८ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या ३९० रहेको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ६० हजार ५६७ पुगेको छ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या ४ हजार ३०१ रहेको छ ।

प्रकाशित : २ माघ २०७७, शुक्रबार ००:००