६ श्रावण २०८१, आइतबार । July 22, 2024

समाचार

कोरोना : देशभर थप ४०३ जनामा संक्रमण पुष्टि, ६ जनाको मृत्यु


१ माघ २०७७, बिहिबार ००:००

0
Shares

काठमाडौं । पछिल्लो २४ घण्टाको विवरण अनुसार नेपालमा थप ४०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

उक्तसँख्यासँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६६ हजार ५४६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ५ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ६० हजार १७७ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण ६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार ९४३ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या ४०५ रहेको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ६० हजार १७७ पुगेको छ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या ४ हजार ४२६ रहेको छ ।

अहिलेसम्म नेपालमा २० लाख २ हजार ४१ वटा पीसीआर नमूना परीक्षण भएका छन् ।

प्रकाशित : १ माघ २०७७, बिहिबार ००:००